बझाङमा ‘तपाईंको मास्क खै?’ अभियान

  खप्तड संवाददाता  756 पटक हेरिएको

 बझाङ । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएका बेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय बझाङमा ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी बाब्राम अर्यालकोे सहभागितामा बझाङमा सदरमुकाम चैनपुर बजारमा प्रहरीले तपाईको मास्क खै? अभियान अन्तरगत मास्क नलगाउनेलाई सम्झाइ बुझाइ गरेर मास्कवितरण गरेको हो ।

अनिवार्य स्वास्थ्य मापदण्डको पालनागर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको व्यानर र प्लेकार्डको प्रयोग गरी सचेतना अभियान शुरु गरेको प्रहरी नावयउपरीक्षकज्ञान बहादुर बिष्टले जानकारी दिनुभयो । उक्त अभियानको प्रमुख जिल्ला अधिकारी अर्यालले शुभारम्भ गर्नुभयो । यस अभियानले सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित गर्न अभियानको थालनी गरेको उहाँले बताउनुभयो ।

साथै  सरकारी तथा गैरसरकारी कार्यालय जादाँअनिबार्य खोप कार्ड देखाउनु पर्ने , सार्बजनिक ठाउँमा भिडभाड नगर्न समेत आग्रह गरेको समेत प्रनाउ बिष्टले बताउनुभयो । जिल्लाकोभिड १९ संकट ब्यवस्थापन समिती बैठकले कोरोना सङ्क्रमण बढ्न थालेपछि मास्कको अनिवार्य प्रयोग गर्ने लगायतका जनस्वास्थ्य सुरक्षाका मापदण्डको कडाइका साथ पालनागर्न  निर्णय गरे पछि जिल्ला प्रशासन कार्यालयले आदेश समेत जारी गर्दै कडाई गरेको छ ।

माघ ७ गतेदेखि सार्वजनिक स्थान र यातायातमा खोप कार्ड अनिवार्य गरिएको छ भने भिडभाड हुने गतिविधि नगर्ने, २५ जनाभन्दा बढी मानिसहरु भेलानहुने, जिल्लाबाहिरबाट आउनेहरुको अनिवार्य एन्टिजेन परीक्षण गर्ने, स्थानीयतहमा आइसोलेसन व्यवस्थापनगर्ने, निर्णय गरेको छ भने माघ १५ गतेसम्म विद्यालयबन्द गर्ने लगायतका निर्णय तथा आदेशहरु जारी भएका छन् ।

स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । जिल्ला बाहिरबाट फर्किनेहरुमा कोरोना पुष्टि हुनथालेपछि प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइका साथ पालना गर्न, खोप कार्ड अनिवार्य गर्न  निर्देशनजारी गरेको छ । पछिल्लो समयमा जिल्लामा ११२ जना कोरोना संक्रमित रहेका छन भने सबैको अबस्था सामान्य रहेको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार