चन्दा नदिएको झोकमा वडा सचिब र वडा अध्यक्षलाई कालोमोसो

  सुनिल मण्डेल   375 पटक हेरिएको

बझाङ । पटक पटक चन्दा माग्न आएका बिप्लब समुहका कार्यकर्ताहरुले चन्दा नदिए पछि यहाँको बित्थड चिर गाउँपालिका ८ का वडा अध्यक्ष जयबहादुर मल्ल र वडा सचिब दत्तराम अबस्थीलाई कालो मोसो लगाएको छ । आफुहरुलाई बारम्बार चन्दा माग्न आएको र आफुहरुले चन्दा दिन नमान्दा आफुहरु लाई कालो मोसो दलेको उहाँहरुको भनाई छ ।

सदरमुकाम चैनपुरमा पत्रकारहरु संगको भेटमा बित्थडचिर गाउँपालिका ८का वडा अध्यक्ष जय बहादुर मल्लले आफुहरु माथी निराधार आरोप लगाएर चन्दा नदिएको झोकमा कालोमोसो लगाएर हातपात समेत गरेको बताउनुभयो । उहाँले बिप्लब समुहका केही ब्यक्तिहरुले अनाबस्यक तथ्यहिन आरोप लगाएर आफु माथी हमला गरेकाले दोषीलाई कार्वाही हुनुपर्ने बताउनुभयो । गएको पुस २५ गते बिप्लव समुहका बिद्यार्थीका जिल्ला संयोजक रुपक थापाको नेतृत्वको टोलीले एक लाख पचास हजार चन्दा मागेको र आफुले दिन नसक्ने बताए पछि यस्तो अभद्र ब्यवहार गरेको समेत बताउनुभयो ।

वडामा बिभिन्न क्षेत्रमा भ्रष्टाचार गरेको भन्दै बिप्लब समुहले आरोप लगाएको भएपनि यदी उहाँहरुले लगाउनु भएका आरोप पुष्टि भएमा आफुहरु जस्तो कार्वाही भोग्न समेत तयार रहेको वडा सचिब दत्तराम अबस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै गाउँको बिप्लब समुहका कार्यकर्ता देबदत्त अबस्थीले बारम्बार चन्दाका लागी मानसिक तनाब दिई रहेका थियो । अति नै गर्न थाले पछि मैले प्रहरीलाई खबर गरि जिल्ला प्रहरी कार्यालय थुनाउन लगाएको थिए । सोही झोकमा म र वडा अध्यक्ष माथी दुरब्यवहार गरेको हो ।” उहाँले आफुहरु माथी अन्याय गर्नेहरुलाई कार्वाही गरि शान्तीपुर्ण तरिकाले गाउँमा बस्ने वातावरण नभएकाले शान्ती सुरक्षाको समेत माग गर्नुभयो । अध्यक्ष र सचिब माथी भएको अभद्र ब्यवहारको चौर्तफी रुपमा आलोचना समेत भएको छ ।

राजनिती प्रतिसोधका कारण भएको यस्तो घटनाको बित्थड चिर गाउँपालिकाले समेत भर्सना गरेको छ । एक बिज्ञप्ती निकाली वडा अध्यक्ष र वडा सचिब माथी भएको घटनाको घोर भर्सना गर्दै दोषिलाई कार्वाहीको माग गरेको छ । यता बिप्लबहरुको बिद्यार्थी संगठनले वडामा बिभिन्न योजनाहरुमा भ्रष्टाचार गरेको भन्दै जनकार्वाही गरेको बताएको छ । नेकपा बिप्लब समुहका बझाङ जिल्ला ईन्चार्ज बिष्णु जोशीले वडा अध्यक्ष र वडा सचिबले वडाका बिभिन्न सात वटा योजनामा भ्रष्टाचार गरेकाले जनकार्वाही गरेको बताउनुभयो ।

उहाँले आफुहरुले कुनै पनि किसमले कुनै पनि ब्यक्तिलाई चन्दा नमागेको समेत बताउनुभयो । घटनामा संलग्न जिप चालक जयपृथ्बी नग।रपालिका – ७ सुवेडा निबासी जिप चालक बिनोद बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बाँकीको खोजी कार्य भई रहेको प्रहरीको भनाई छ । पछिल्लो समयमा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले जिल्ला भरि कर्मचारी तथा जनप्रतिनिधीहरुलाई निसाना बनाउदै चन्दा आतंक मच्चाएको ब्यापक जनगुनासो छ । जनप्रतिनिधी र कर्मचारीहरुलाई चन्दा असुली गर्ने यदी चन्दा नदिएको खण्डमा भौतिक कार्वाही गर्ने धम्की दिदै आएको नाम नखुलाउने सर्तमा एक जना कर्मचारीले बताउनुभयो । उहाँले भन्नुभयो, “चन्दा नदिउ कतीखेर कहाँ आक्रमण हुन्छ , चन्दा दिउ घरमा बाल बच्चा केटा केटी कसरी पाल्ले हो । समस्या छ ।”

प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले यस्ता अमानबिय गतीबिधी गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याएर कार्वाही गरिने बताउनुभयो । उहाँले यस घटनामा संलग्नहरुको खोजी कार्य तिब्र भएको बताउदै पछिल्लो समयमा बिप्लब समुहले चन्दा आतंक गरिरहेको भन्ने अपुष्ट जानकारी आएकोले प्रहरीले समेत कडा निगरानी गरिरहेको समेत बताउनुभयो ।

विप्लवमा संलग्न व्यक्तीहरुको समुहले पुर्व नियोजित ढंगबाट गरेको अभद्र व्यवहारप्रति नेपाली काँग्रेस बित्थडचिर गाउँकार्य समितीले प्रेस विज्ञप्ती निकालेको छ । यस्तो अमानविय, निन्दनिय, घृणीत तथा कायरतापुर्ण व्यवहारको घोर भत्सर्ना गर्दै कुनैपनि नियोजी घटनाक्रम नरोकीए नेपाली काँग्रेस बित्थडचिर गाउँकार्य समिती कडा प्रतिकारात्मक कदम चाल्न बाध्य हुने बिज्ञप्ती मार्फत भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार