बझाङ । आईतवार राती देखी लगातार परेको बर्षाका कारण बझाङमा विद्युत लगायत टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध भएका छन् ।
मौसममा आएको परिवर्तनका कारण बझाङ जिल्लाको जनजिवन प्रभावित बनेको छ । दुइ दिनदेखी भएको मौषम परिवर्तनले बझाङ जिल्लामा जनजिवन प्रभावित भएको हो । हिजो देखी जिल्लामा विद्युत, टेलिफोन इनटरनेट सेवा बन्द हुँदा सेवाग्रही मारमा परेका छन् ।
जिल्लाको केदारस्यु गाँउपालिकाको केदार र थलारा गाँउपालिकाको वान्तालेकमा राखिएको टेलिकमको टावरमा रहेको सोलारमा चार्ज हुन नसकेपछी जिल्ला संञ्चारविहीन बनेको छ ।
मुख्य गरि यी दुइ टावरमा विद्युतको पहुँच नभएका कारण समेत पटकपटक इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ ।
यस्तै बर्षा संगै परेको हिमपातका कारण विद्युत र इन्टरनेट सेवा समेत अवरुद्ध हुँदा बझाङ बासि अहिले सम्पर्क बिहिन अवस्था छन् ।