बझाङ । जिल्लामा चल्ने छोटो तथा लामो दुरिका यातायात साधनले मनोमानी भाडा असुल्न थालेको गुनासो बढेपछि यातायात साधनहरुमा अनुगमन गरेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलिले जिल्लामा चल्ने साना तथा ठुला यातायातका साधनहरुको छड्के अनुगमन गरेको हो ।
जिल्लामा चल्ने साना तथा ठुला यातायातका साधन हरुले मनोमानी भाडा असुल गरेको जनगुनासो आए पछि प्रमुख जिल्ला अधिकारी महोन अधिकारीको नेतृत्वको टोलिले छड्के अनुगमन गरेको हो ।
जिल्लाको जयपृथ्बी राजमार्ग अन्तर्गतको सिमखेतमा उक्त टोलिले बढी भाडा लिने बस जिपहरु र रातो नम्बर पिलेटका गाडिले समेत भाडामा यात्रु ओसारेको भन्दै कार्वाही गरेको बताईएको छ ।
जयपृथ्बी राजमार्गको सिमखेतमा प्रमुख जिल्ला अधिकारीको टोलिले जिल्ला प्रसासनले निर्धारण गरेको भन्दा बढी भाडा असुल गर्ने जिप र रातो नम्बर पिलेटमा यात्रु ओसारपसार गर्ने गरेक भन्दै ६ वटा गाडिलाइ कार्वाही स्वरुप जरिवाना असुल गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो ।