जिप्रका मातहतका ६ जना हवल्दारबाट असईमा बढुवा

  खप्तड संवाददाता  517 पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय बझाङ मातहतका ६ जना हवल्दारबाट असईमा बढुवा भएका छन् । बढुवा भएका प्रहरी सहायक निरीक्षक असई हरुलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख तथा डिएसपी ज्ञान बहादुर बिष्टले प्रहरी दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङमा एक कार्यक्रमका बीच डिएसपी बिष्टले जनपद समुह तर्फको ५ जना र ट्राफिक तर्फका १ जना हवल्दारबाट पदोन्नति भएका कार्यालय मातहतका असईहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।

हवल्दार बाट असईमा बढुवा हुनेमा मोहनराज जोशी, रमेश बहादुर रावल, हरक सिह लोथ्याल, धनिराम पार्की, मोहन सिह कुवर र ट्राफिक प्रहरी तर्फ लोकेन्द्र बहादुर सिहलाई दज्र्यानी चिन्ह प्रदान गर्दै डिएसपी विष्टले बधाई तथा शुभकामनाका साथै जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै जनताको सेवामा लाग्न समेत निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार