प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम जिल्ला भेला सम्पन्न

शैक्षिक तथा पेशागत हकहितका विभीन्न मागहरु प्रस्तुत

  खप्तड समाचारदाता  214 पटक हेरिएको

कल्पना उपाध्याय बझाङ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम बझाङ जिल्ला भेला सम्पन्न भएको छ । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नरबहादुर बिष्टको अध्यक्ष्यतामा सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । बल बहादुर रोकायाको नेतृत्वमा ५१ सदस्यीय जिल्ला समिती चयन गरीएको छ । यस्तै प्रगतिशिल नेपाल शिक्षक संगठनले चैनपुर घोषणा पत्र जारी गरी नेपाल सरकार समक्ष शैक्षिक तथा पेशागत हकहितका विभीन्न मागहरु प्रस्तुत गरीएका छन् ।

विगतमा शिक्षक आन्दोलन बाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै राज्यले पटकपटक शिक्षकका संगठन र नेपाल शिक्षक महासंघ संग गरीएका सम्झौताहरु यथासिघ्र कार्यान्वयन गर्नुपर्ने, प्रा.वि, नि.मा.वि, मा.वि र उच्च मावी राहत अनुदान विद्यालय कर्मचारी बालकक्षालाई दरबन्दीमा रुपान्तरण गरी स्थायी प्रक्रीयाको यथासिघ्र थालनी गर्नुपर्ने, विद्यालय कर्मचारी बालकक्षा सहजकर्ताको पारीश्रमीक सम्बन्धमा नेपाल सरकारको वक्तव्य २०७८ बँदा नं.२१६ मा उल्लेख भए अनुसार न्युनतम मासीक पारीश्रमीक १५ हजार कायम गर्नुपर्ने, स्थायी शिक्षकहरुलाई न्युनतम पाँच बर्ष एउटै तहको एउटै श्रेणिमा कार्य गरिसकेपछी स्वतः माथिल्लो श्रेणीमा बढुवाको प्रक्रिया थालनी गर्नुपर्ने, शिक्षकसेवा आयोगले हालै गरेको विभीन्न तहको विज्ञापनमा विद्यालयको विभीन्न तहमा अध्ययापनरत उच्च मा.वि राहत अनुदान, अस्थायि र करार शिक्षकहरुलाई उमेरको हदबन्दी लगाई प्रतिस्पर्धाबाट वञ्चित गरीएको प्रावधानलाई खारेज गरी अविलम्वन कार्यरत सम्पुर्ण शिक्षकहरुलाई प्रतिस्पर्धामा सहभागीहुने व्यवस्था गर्नुपर्ने माग उल्लेख गरीएको छ ।


साथै शिक्षा ऐनमा शिक्षकहरुलाई तहगत बढुवा तथा विशिष्ट श्रेणी कायम गरी शैक्षिक प्रसाशनमा शिक्षकहरुलाई समावेश गर्नुपर्ने, शिक्षकहरुको सम्मानीत मर्यादाक्रम कायम, सेवा सुविधा अन्तराष्ट्रिय मापदण्ड अनुसार अन्य राष्ट्र सेवक भन्दा उच्च, शिक्षा आयोगको प्रतिबेदन यथासिघ्र सार्वजनिक, र संघिय शिक्षा ऐन यथासिघ्र जारी गर्नुपर्ने लगायतका मागहरु प्रस्तुत गरीएको छ । यस्तै शनिवार नमुना आधारभुत विद्यालयको प्राङ्गण चैनपुरमा  भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादि पार्टी बझाङ जिल्ला अध्यक्ष इन्द्र बहादुर भण्डारी रहेका थिए भने प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश इन्र्चाज हरि प्रशाद जोशि बिशिष्ट अतिथि रहेका थिए । उक्त कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी र बालकक्षा सहजकर्ताको बाक्लो उपस्थिति रहेको थियोे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार