दिर्धकालिन बिकासका योजना संकलन गर्न राष्ट्रिय योजना आयेगको टोली बझाङमा

  खप्तड समाचारदाता  394 पटक हेरिएको

बझाङ। दिर्घकालिन रुपमा रहने बिकास निर्माणका योजनाहरुको स्थलगत अबलोकन गरि संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ आई पुगेको छ । टोलीले सनिबार एक अन्र्तक्रिया कार्यक्रम गरि जिल्लामा रहेका दिर्घकालिन बिकास निर्माणका कामहरुलाई संकलन गरि आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस भन्ने उदेस्यले टोलीले स्थलगत अबलोकन गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.बिश्व नाथ पौडेलको नेतृत्वको टोलीले बझाङको जनतालाई प्रतक्ष फाईदा पुग्ने बिकास निर्माणका योजनाहरुलाई संकलन गरि सरकारले अगामी दिनमा बनाउने योजनाहका समेटिने बताईएको छ । गएको कात्तिक १ गते आएको बेमौसमि बाढीका कारण जिल्लामा ठूलो जनधनका साथै बिभिन्न सरकारी संरचनाको क्षती भएकाले सरकारले यस तर्फ ध्यान दिनुपर्ने स्थानीयले माग राखेका थिए । भौगोलिक बिकट रहेको यस जिल्लामा ठूला बिकास निर्माणका कार्यहरु समेत सुचारु हुन नसकेकाले अगामी दिनमा यहाँबाट संकलन गरिएका योजनाहरुले प्राथमिकता पाउने आसा गरिएको नेपाली कांगे्रस बझाङका पार्टी सभापती खडक बोहराले बताउनुभयो । उहाँले बझाङ बिकास निर्माण सम्बन्धी योजनाहरु सम्बन्धी माग पत्र बुझाउँदै भन्नुभयो, “दक्षीण एसियालाई जोड्ने नेपालको सबै भन्दा छोटो रहेको ताक्लाकोट नाकालाई खोल्न सरकारको ध्यानार्कषण हुनुपर्छ । यसका अलवा बझाङमा अथाह स्रोत र प्राकृतिक सम्पदा रहेकाले तिनीहरुको समुचित प्रयोग हुने खालका योजना बनाउनु पर्छ ।” आयोगको टोलीले यहाँका केही स्थानहरुमा अबलोकन भ्रमण समेत गरेको छ । आयोगका उपाध्यक्ष डा. बिश्व नाथ पौडेलले भन्नुभयो, बिकास भनेको तलबाट हुने प्रकृया भएकाले ग्रामिण भेगमा आएर यसरी प्रतक्ष अबलोकनबाट योजना मजबुद हुन्छ । उहाँले बाढीका कारण यहाँको जयपृथ्बी राजमार्गको जालेबगर, सेती नदीको कटानको संकटमा रहेको देवल बिमानस्थल, चैनपुर लगायत सेती नदी किनारका बस्तीलाई तटबन्धन गर्न र जयपृथ्बीराजमार्गलाई नियमित सुचारु गर्न आबस्यक रहेको बताउनुभयो । उहाँले शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत बढी काम गर्नु पर्ने र सहरी बिकास आयोजनालाई समेत यस जिल्लामा लागु गरेर बिकास निर्माणका कामलाई द्रुत गतीमा अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सुदूरपश्चिममा ठूला आयोजनाले नेपालको बिकासका समेत टेवा पुगाउने र देशको पुजी निर्माण गर्न समेत महत्वपुर्ण भमिका निर्माण गर्ने खालका योजनाहरुलाई प्रथमिकतामा राखेर अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले यहाँका पञ्चेश्वर , पश्चिम सेती आयोजना, चैनपुर ताक्लाकोट सडक आयोजना जस्ता थुप्रै आयोजनाले मुलुकको बिकासमा नयाँ आयाम थप्ने धारणा समेत राख्नुभयो । गएको कात्तिक १ गते आएको बेमौसमि बाढीका कारण सबै भन्दा बढी क्षती बझाङ जिल्लामा भएकाले बझाङका सबै स्थानीय तहहरुलाई संकटग्रस्त घोषणा गरेर बिकास निर्माणका कामलाई अगाडी बढाउनु पर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार