प्रशासनमा भिडभाड , नागरिकता लिन सकस

  खप्तड समाचारदाता  68 पटक हेरिएको

बझाङ । घरबाट हिडेको दुई दिन पछि एक बर्षको दुधे बालकलाई लिएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेकी बुङ्गल नगरपालिका –२ कि बिमला धामीले नागरिकता लिनका लागी दिन भर लाईनमा बस्नु पर्यो ।
लाईन बसेर मात्र बिमलाले नागरिकता पाउन सक्नु भएन । जिल्ला प्रशासन कार्यालय बझाङमा नागरिकताका लागी हुने भिडभाडले बिमलाले घरबाट हिडेको तेस्रो दिन पछि मात्र नागरिकता पाउनु पर्यो । यो समस्या बिमलाको मात्र होईन । जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागी लाईनमा बस्नु पर्ने अधिकाशं नागरिकको समस्या हो ।
पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयमा अनलाईनबाट छिटो छरितो नागरिकता दिने प्रबन्ध मिलाईएको भएपनि दिनहु जसो थेग्नै नसकिने भिडभाडका कारण एकै दिनमा सबै नागरिकहरुलाई नागरिकता लिन नै सकस परेको छ ।
जिल्ला प्रशासन कार्यालयमा दरबन्दी अनुसारको जानशक्ति नभएको र कार्य क्षेत्र समेत ठूलो भएका कारण जिल्लाका अधिकाशं दुर्गम गाउँबाट आएका नागारिकहरुले अनाबस्यक हैरानी खेप्नु परेको छ ।
सनिबार घरबाट हिड्नु भएकी बुङ्गल २ की सङली देबी धामीले भन्नुभयो, “घरमा मान्छे पनि कोृही छैन् । गाई गोरु बाख्राहरुलाई गोठमा थुनेर आएका हौ । यहाँ धेरै भिडभाड रहेछ । त्
यती टाढाबाट यहाँ नागरिकता लिन आयौ, आज पनि नागरिकता बन्छकी बन्दैन केही टुङ्गो छैन् ।
कि त सरकारले शिबिर बनाएर घर घरमा नागरिकता बनाउने ब्यवस्था गरि दिनु पर्ने, कित हामीलाई पायक पर्ने स्थानमा अर्को कार्यालय बनाई दिनु पर्ने । खर्च पनि बढी हुदो रहेछ निकै समस्य भयो ।” जिल्लाको साईपाल गाउँपालिका , बुङ्ल नगरपालिका, बित्थड चिर गाउँपालिका केदारस्युँ गाउँपालिकाको माथिल्लो भेग र दुर्गाथली गाउँपालिकाको माथिल्लो भेग र थलारा गाउँपालिकाको तल्लो भेगका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालयबाट लिने सेवा सुबिधा लिन झंञ्जट मात्र होईन खर्चिलो पनि छ ।
बुङ्गल, बित्थड चिर र दुर्गाथली गाउँपालिकाको माथिल्लो भेगबाट नागकिरता लिन आउनेएक जनाले कम्तीमा पनि ८ देखि १० हजार रुपयाँ खर्च गर्नु पर्ने बाध्यता छ ।
नागरिकता लिनका लागी एक जना तिन पुस्ता भित्रको सनाखत गर्ने अनिबार्य भएपछि एक नागरिकताका लागी झण्डै १६ देखि २० हजार रुपयाँ खर्च आउने गरेको स्थानीयको गुनासो छ ।
सधै जसो भिडभाड हुने गरेको भएपनि अहिले भने फोटो सहितको मतदाता नामावली बनाउने भएका कारणले पनि नागरिकता लिनेको चाप धेरै भएको हो ।
नागरिकता लिनका लागी खर्चिलो मात्र नभई झंञ्जटीलो भएका कारणले जिल्लाको तल्लो क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नु पर्ने बाध्यता छ ।
जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रमाकान्त जोशीले भन्नुभयो, “हामी नागरिकता फाँटका कर्मचारीहरुलाई पानी खाने फुर्सद सम्म हुदैन् । गाउँबाट आएका नागरिकहरुका कामलाई छिटो छरितो काम गर्ने गरि लागेका हुन्छौ तर पनि भिडभाड धेरै हुने गरेको छ । दरबन्दी अनुसारको जनशक्ति अभाब छ । कार्य क्षेत्र पनि धेरै भएकाले यस्तो समस्या देखिएको हो ।”
नजिकै घर भएका नागरिकहरुले समेत जिल्ला प्रशासनमा नागरिकताका लागी हुने भिडभाडका कारण बिहान घरबाट हिडेको मान्छेले नागरिकता बनाई घर पुग्न समेत हम्मे हम्मे पर्छ ।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भन्नुभयो, “ यहाँबाट पटक पटक ईलाका प्रशासन कार्यालय स्थापनाका लागी पहल गरेको भएपनि हाल सम्म सुनुवाई हुन सकेको छैन् ।” उहाँले जिल्लाको क्षेत्र न. (ख)मा ईलाका प्रशासन कार्यालय स्थापना भएको खण्डमा भिडभाड समेत कम हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार