ग्राहकलाई सचेतना दिन बित्तिय शाक्षरता

  खप्तड समाचारदाता  291 पटक हेरिएको

बझाङ । आफ्ना ग्राहकहरुलाई डिजिटल बैकिङ्ग बारेमा जानकारी दिनका लागी ग्लोवल आईएमई बैङ्कले सदमुकाम चैनपुरमा बित्तिय शाक्षरता सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । पछिल्लो समयमा आर्थिक कारोवार अनलाईनबाट गर्ने प्रचलन बढे संगै ग्लोवल बैङ्कले आफ्ना ग्राहकहरुलाई अनलाईन प्रबिधीमा कसरी काम गर्ने भन्ने बारेमा जानकारी सहित बित्तिय शाक्षरता कार्यक्रम गरेको हो ।
बित्तिय समाबेसिता अन्र्तगत अनलाईन प्रबिधीबाट घरमा बसेर पनि कसरी कारोवार गर्न सकिन्छ भन्ने बारेमा सचेतना मुलक कार्यक्रमका माध्यामबाट सेवाग्राहीहरुमा जानकारी गराएको छ । मोवाईल एप्स चलाउने उपाय, बैङ्कले दिई रहेको सेवाका बारेमा समेत र ति सेवाहरुलाई घरमा बसेरै भएपनि कसरी चलाउने भन्ने बारेमा जानकारी दिएको हो । ग्लोवन आईएमई बैंङ्कका चिप मार्केटिङ्ग अफिसर शान्ता सिवाकोटीले भन्नुभयो, “अहिले डिजटलको युग भएकाले ग्राहकहरुलाई घरमा बसेर आर्थिक करोवार कसरी गर्ने , एप्स कसरी चलाउने , बैङ्कका सेवाहरु कस्ता छन् , ति सेवा लिनका लागी पुर्याउन पर्ने प्रकृया के हो भन्ने बारेमा सचेतना फैलाउने अभियान हो ।” उहाँले अहिले ग्लोवल आईएमई बैङ्के देशै भर यो अभियान संञ्चालन गरि रहेको बताउँदै ग्राहकहरुलाई बढी भन्दा बढी सेवा कसरी दिने भन्ने बारेमा केन्द्रित भएको बताउनुभयो । कार्यक्रममा सेवाग्राहीले बिभिन्न किसमका जिज्ञासा राखेका थिए भने ति जिज्ञासाहलाई ग्लोवल आईएमई बैङ्कका कर्मचारीहरुले मेटाएका थिए । पछिल्लो समयमा अनलाईनबाट कारोवार गर्न मिल्ने गरि बिभिन्न बैङ्कहरुले एप्स ल्याएको भएपनि जिललाको ग्रामिण भेगमा भने ईन्टरनेटको पहँुच नभएका कारण यसको प्रभाबकारिता नहुने स्थानीयको भनाई छ । स्थानीय अन्जु गिरीले भन्नुभयो, “ अहिले सबै बैङ्कहले अनलाईनबाट कारोवार गर्ने गरेको भएपनि यहाँको ग्रामिण भेगमा ईन्टरनेटको पहुँच नभएकाले यसको प्रभाबकारिता बढी नहुने देखिन्छ ।” उहाँले अरु बैङ्कको तुलनामा यस बैङ्कले ल्याएको फरकपनाका कारण पनि जिल्लाको सदरमुकाम लगाएत ईन्टरनेटको पहुच भएको ठाउँमा भने राम्रो हुन सक्ने अनुमान गरिएको समेत बताउनुभयो । अहिले देश भरिका २७७ वटा शाखाहरुकामा यो अभियान सञ्चालन भई रहेको र सुदूरपश्चिम प्रदेशका २१ वटा स्थानमा सप्ताहब्यापी रुपमा बित्तिय शाक्षरता तथा डिजिटल बैकिङ्ग सम्बन्धी सचेतना कार्यक्रम संञ्चालन भई रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार