झनाना पक्की पुलको मर्मत नहुदाँ स्थानीय लाई सास्ती

आवागमन बन्द

  खप्तड समाचारदाता  223 पटक हेरिएको

बझाङ । निर्माण सम्पन्न भएको चार महिना बित्न नपाउँदै गएको कात्तिकको पहिलो साता अबिरल बर्षा संगै आएको बाढीले क्षत बिच्छेद बनेको झनाना पसलको मर्मत गर्न सरोकारबाला निकायले चासो नदेखाए पछि स्थानीयले सास्ती भोग्नु परेको छ । बाढी आएको दुई महिना बिति सक्दा पनि पुलको मर्मतका लागी कुनै पनि निकायले चासो नदेखए पछि थलारा गाउँपालिकाका स्थानीयहरुलाई दैनिक उपभोग्य बस्तु लगायत अन्य बिकास निर्माणका सामाग्री ओसार पसार गर्न समस्या भएको छ ।
सेती नदीमा निर्माण भएको झनानाको मोटरेबल पुल गएको साउनको पहिलो हप्ता देखि यातायातका साधनहरु सुचारु गर्ने गरि उद्घाटन भएको थियो । बर्षौ देखि सेती नदीमा पक्की पुलका लागी ठूलो संर्घष गरि रहेका स्थानीयहरुले दुई महिना समेत राम्रो संग गाडी चल्न नपाउँदै बाढीले पुलको झनाना पट्टीको भागमा बगाएर लिए पछि यातायात समेत अबरुद्ध भएको थियो । पाँच वर्ष लगाएर नौ करोड रुपैयाँ खर्चमा निर्माण भएको यो पुलले दिएको खुसी तिन महिना पनि टिक्न सकेन । कात्तिक पहिलो हप्ताको बैमौसमी वर्षासँगै सेतीमा आएको बाढीले पुलमा क्षति पु¥याएपछि अहिले पनि आवागमन बन्द छ । बाढीले झनाना तर्फको पिलर र सडकको बीचको भाग बगाएपछि गाडी चल्न सकेको छैन । जयपृथ्वी राजमार्ग पर्ने दुर्गाथली गाउँपालिका र थलारा गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आएसँगै सेतीपारि रहेको बझाङ जिल्लाको आधा भूभागका बासिन्दालाई आवागमनमा सहज हुने र खप्तड घुम्ने पर्यटकको यात्रा पनि निकै छोटो हुने अपेक्षा सहित स्थानीयवासी खुसी भएका थिए । “यसै पुल निर्माणका लागी बर्षौ देखि पहल गरि रहेका थियौ पिखेतका रामबहादुर खातीले भन्नुभयो, पुल बन्यो भनेर सबै स्थानीय खुशी थियौ तर सेती नदीमा आएको बाढीले पुलको पारि पट्टीको एक साईटमा लगाएको तटबन्धन समेत बगाएर पुललाई नै जोखिम बनाए पछि निर्माणका लागी यत्रो समय बित्दा पनि कसैले चासो देखाएनन् ।” उहाँले काम त धेरै छैन थोरै लागानीमा पनि मर्मत गर्न सकिने भएपनि स्थानीय सरकारले समेत चासो नदेखाएका कारण स्थानीयहरुले अनाबस्यक सास्ती बेहोर्नु परेको बताउनुभयो । पुल मर्मत गरेर पुनः सञ्चालन गरि दिन थलारा गाउँपालिकाका जनप्रतिनिधिहरू जिल्लादेखि प्रदेश र केन्द्रसम्म धाएको स्थानीय जनप्रतिनधिीहरुको भनाई छ । निर्माण गर्ने बेला नै ठेकेदार कम्पनीले सहायता संरचना राम्रो नबनाएका कारण पुलको यो अबस्था भएको थलाराका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “पिलरको अगाडि सामान्य ग्याबिन हालेर माटो भरेका कारण यस्तो अवस्था भएको हो । हामीले पुल निर्माणको समयमा नै यसरी नबनाउनुस् भनेर अनुरोध गरेका थियौँ । हाम्रो कुरा नमान्दा अहिले यो हालत भयो ।” यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले पुल निर्माण ठेकेदारसँग बुझेर पुल मर्मतका लागि पत्राचार गरिसकेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार