बझाङमा पनि कोरोना बिरुद्धको मोर्डना खोप लगाईदै

  सुनिल मण्डेल  120 पटक हेरिएको

बझाङ जिल्लामा पनि कोरोना भाईरस बिरुद्धको अमेरिकी मोडर्ना खोप लगाउने तयारी भईरहेको छ । जिल्लाका १२ देखि १८ बर्ष उमेर समुहका किशोर तथा किशोरीहरुलाई लक्षित गरि मोडर्ना खोपको पहिलो डोज लगाईने भएको हो । सरकारले कोरोना भाईरस बिरुद्धको खोपलाई ब्यापक बनाए पछि जिल्लामा २४ हजार किशोर तथा किशोरीहरुलाई मोडर्ना खोपको पहिलो डोज लगाउने तयारी भएको छ । जिल्लामा २४ हजार डोज उपलब्ध भई सकेकाले सबै पालिकाहरुमा खोपहरु पठाईदै छ ।
जिल्ला अस्पताल बझाङका जन स्वास्थ्य अधिकृत नम्रता बोगटीले भन्नुभयो, “ यो खोपको म्याद समेत कम भएकाले अहिले सबै खोप केन्द्रहरुमा खोपहरु पठाउँदै छौ । यसै हप्ता भित्र प्राप्त भएको सबै डोज खोप लगाई सकेर फेरि आबस्यक खोपको माग गर्नेछौ । खोप केन्द्रमा आबस्यक कर्मचारी लगायतको सम्पुर्ण ब्यवास्थापन पुरा भई सकेको छ”। उहाँले जिल्लामा हाल ३९ हजार १४४ जनालाई खोप लगाउन बाँकी रहेकाले बाँकी रहेकालाई दोस्रो चरणमा लगाउने समेत बताउनुभयो ।
कोरोना बिरुद्धको खोपका लागी हाल जिल्लाका ९९ वटा बिद्यालय र ४६ वटा खोप केन्द्रबाट गरि १४५ वटा ठाउँबाट खोप लगाउने तयारी भई रहेको छ ।  हाल सम्म जिल्लामा एक लाख २७ हजार ३ सय ३४ जनाले खोप लगाई सकेको जिल्ला अस्पताल बझाङको तथ्याङ्कमा उल्लेख छ । हाल जिल्लामा ४ जना कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार