कांग्रेसको प्रदेश सभापतीमा कांगेस नेता अर्जुनजङ्ग बहादुर सिंहले उमेदवारी दिने

  खप्तड समाचारदाता  2202 पटक हेरिएको

बझाङ । नेपाली काग्रेसका प्रभाबशाली नेता अर्जुनजङ्ग बहादुर सिंहले नेपाली काग्रेसको आसन्न प्रदेश अधिबेसनमा सभापतीको उम्मेदवारी दिने बताउनुभएको छ । सनिबार बिहान रेडियो पश्चिम टुडे कैलालीले लिएको अन्तरवार्ता कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई सबल सक्षम मजबुद बनाउनका लागी आफुले उमेदवारी दिने बताउनुभएको छ ।
उहाँले पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा कांग्रेसको संगठन कमजोर बन्दै गएकाले आफुले सबै ठाउँमा कांग्रेसको संगठनमा नयाँ उर्जा दिनका लागी युवा साथीहरुको सहयोग र परिचालनको माध्यामबाट संगठन पुर्नरजागरण गर्ने बताउनुभयो । नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको बिश्वास पात्रका रुपमा रहनुभएका नेता सिहंले पाटी भित्र देखिएको गुट उपगुटको अन्त्य गर्न र सबै पक्ष संग मिलाएर लिनका लागी आफु योग्य उमेदवार भएको समेत बताउनुभयो ।

उहाँले अहिले देखिएका प्रदेश सभापतीका आंकाक्षीहरु मध्ये सबै भन्दा आफु सिनियर भएको बताउँदै आफ्नो सभापतीको दाबी स्वभाबिक भएको बताउनुभयो । उहाँले सबै आकाक्षी सबै साथीहरुले आफुलाई सर्ब सम्मत रुपमा बनाउन आग्रह गर्दै हिमाल ,पहाड ,तराई नभनिकन सबैको सम्मान हुने कांग्रेस बनाउन आग्रह गर्नुभयो ।

उहाँले पार्टीको संगठनलाई मजबुद बनाउन आफ्नो उम्मेदवारी रहेको बताउदँै सबै जिल्लाका साथीहरु संग समन्वय सम्र्पक भई रहेको समेत बताउनुभयो । नेपाली काग्रेस सुदूरपश्चिम प्रदेश अधिबेसन मंसिर १६ र १७ गते धनगडीमा हुँदैछ ।

को हुन अर्जुनजगं बहादुर सिंह ‡

बझाङमा जन्मीनु भएका सिंह खप्तड छान्ना गाउँपालिका १ पौवागडीका स्थायी बासिन्दा हुन् । बिद्यार्थी जिवन देखि नेबिसंघमा काम गर्दै आउनु भएका नेता सिंह बझाङमा कार्यकर्ताहरुका बिचमा लोकप्रिय मानिन्छन् । राजनितीलाई सधै निष्ठाका रुपमा लिदै आएका सिंह बिद्यार्थी जिवन देखि नै नेबिसंघबाट राजनिती प्रारम्भ गर्नु भएको थियो । नेबिसंघको जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य हुँदै २०३८ सालमा नेबिसंघको केन्द्रीय उपाध्यक्ष समेत बन्नुभएको थियो ।

बझाङको राज खलकमा जन्मीएर पनि उहाँले आफनो जिवनको महत्वपुर्ण समय पञ्चायत बिरोधी आन्दोलन , २०४६ सालको जनआन्दोलन , २०६२ ÷०६३को जनआन्दोलन लगाएका बिभिन्न लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा उभिनु भएकाका सालिन नेताका रुपमा परिचित हुनुहुन्छ । पटक पटक नेपालमा भएका प्रजातान्त्रिक तथा नागरिक आन्दोलनमा पटक पटक जेल समेत पर्नुभएको थियो । २०४६ सालको बहुदल स्थापना भएपछि भएको पहिलो निर्वाचनमा नेता सिंह बझाङको क्षेत्र न १ बाट भारि मतमा साथ बिजयी हुनुभएको थियो ।

त्यसै गरि २०५६ सालको आम निर्वाचनमा समेत निर्वाचित भई साहायक मन्त्री हुदै परराष्ट्र राज्य मन्त्री समेत बन्नुभएको थियो । देशमा माओबादी जनयुद्धले चरमरुप लिएपछि नेता सिंहले जनअपेक्षा अनुसार काम गर्ने अबसर समेत गुमाउनु परेको थियो । त्यसै गरि नेता सिंहले २०६४ साल र २०७० सालमा समेत चुनाव लडेपनि झिनो मतले पराजित हुनुभएको थियो । कार्यक्रर्ताका बिचमा लोकप्रिय मानिने नेता सिहंले १२ औ महाधिबेसनमा समेत केन्द्रिय सदस्यमा झिनो मतले पराजित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार