बझाङको चैनपुर जोड्ने जपयृथ्वी राजमार्ग एक महीनापछि सञ्चालनमा

  खप्तड संवाददाता  171 पटक हेरिएको

सुनिल मण्डेल बझाङ । गत असोज २९ गतेदेखि कार्त्तिक ३ गतेसम्मको अविरल वर्षा संगै आएको बेमौसमी बाढि पहिरोका कारण अवरुद्ध बनेको बझाङको चैनपुर जोड्ने जपयृथ्वी राजमार्ग एक महीनापछि सञ्चालनमा आएको छ। जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो।

बाढी पहिरोका कारण अवरुद्ध भएको जयपृथ्वी राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो। राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौंडामा वैकल्पिक बाटो खोली मालबाहक ट्रकहरु र यात्रुबाहक बसबाहेकका साना यातायातका साधनहरु वारपार गर्न सक्ने बनाएको भए पनि पूर्णरुपमा भने निर्माण गरिएको छैन।

यस्तै जालेबगरमा सडक भएको ठाउँमा सेती बग्न थालेपछि सेती नदीको धार फर्काएर अस्थाई रुपमा वैकल्पिक सडक बनाइएको छ। बाढी पहिरोले सडक भत्काएको एक महीना बितिसक्दा पनि सडक नखुलेपछि स्थानीय आक्रोशित बनेका थिए। सडक सुचारु नहुँदा दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन थालेको थियोे भने ठूला विकास निर्माणका काम समेत प्रभावित बनेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार