बझाङको हिरासत भित्र ७७ बर्षीया वृद्धाको मृत्यु

  सुनिल मण्डेल  579 पटक हेरिएको

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको हिरासत भित्र ७७ बर्षीया एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान ९ बजेतिर हिरासतमा मृत्यु भएको हो ।

कर्तव्य ज्यान मृद्धामा कार्तिक २० गतेदेखी हिरासतमा रहेकी रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक एवम्  (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए ।

बिहान हिरासतभित्र सुरक्षाकर्मी लगाएत हिरासतमा रहेकाहरु चिया पिईरहेका बेला उनि पनि चिया पिउने क्रममा  एक्कासी अचेत भएकि र जिल्ला अस्पताल पठाएको डिएसपी बिष्टले बताए “उनले भने अचेत भएपछि जिल्ला अस्पताल पठायौं र अस्पतालले मृत घोषणा गर्यो ।’

यता जिल्ला अस्पताल बझाङका प्रमुख सन्दिप ओखेडाले मृतक रावललाई अस्पताल ल्याउनु अघि नै उनको मृत्यु भइसकेको बताए । मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा कार्तिक २० गतेदेखी हिरासतमा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार