तिनै तहका सरकारले पुर्नरनिर्माणमा सहकार्य गर्नु पर्छ : मुख्यमन्त्री भट्ट

  शैलेन्द्र रोकाया  999 पटक हेरिएको

बझाङ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गएको मंसिर १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण सदूरपश्चिम प्रदेशका बझाङ लगायत बिभिन्न जिल्लामा ठूलो क्षेती भएकाले अब पुर्नरनिर्माणका कामहरुमा तिनै तहका सरकारले सहकार्य गरेर जानु पर्ने बताउनुभएको छ ।

बाढी र पहिरोका कारण बझाङ जिल्लामा भएको ठूलो जनधनको क्षेती भएकाले जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल तथा पिडित परिबारलाई राहत, क्षेतीग्रस्त भौतिक संरचनाहरुको निर्माण गर्नका लागी ध्यानार्कषण गराउन आएको बझाङ जिल्लाको जनप्रतिनिधीहरु संगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले सदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी बझाङ जिल्लामा क्षेती भएको बताउँदै तिनै तहका सरकारहरुले सहकार्य गरेर पुर्नरनिर्माण कार्यमा लाग्नुपर्ने बताउनुभएको हो । उहाँले ठूलो क्षेतीलाई तत्कालै गर्न नसके पनि जनताका तत्काल गर्नुपर्ने काम लागी पुरा गर्नका लागी प्रदेश सरकार गम्भिर भएको बताउँदै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रले साझा कार्यक्रमहरु तय गरि जनतालाई बढी भन्दा बढी लाभ दिन सकिने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले क्षेती भएका संरचनाहरुको पुर्नरनिर्माणका लागी कुनै कसर बाँकी नराख्ने बताउँदै प्रदेश सरकारले गर्न नसक्ने बिकास निर्माणका कामहरु केन्द्र सरकारलाई माग गर्ने बताउनुभयो । उहाँले बाढी र पहिरोका कारण सुदूरपश्चिमबासीहरुले ठूलो समस्या भोग्नु परेको स्मरण गराउँदै बझाङ जिल्ला लगायत सुदूरपश्चिम प्रदेशका क्षेतीग्रस्त जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्नका लागी प्रधानमन्त्री शेरबहादुर देउवा संग समेत अनुरोध गरेको बताउनुभयो ।

उहाँले आउदो क्याभिनेटको बैठकबाट समेत निर्णण गरि केन्द्र सरकारलाई बाढी र पहिरो संकटग्रस्त जिल्ला घोषणा गर्नका लागी पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । मन्त्री भट्टले आफु पनि सुदूरपश्चिम प्रदेशका प्राय सबै क्षेतीग्रस्त ठाउँहरुको भ्रमण गरेकाले त्यहाँको अबस्था साह्रै क्षेद बिच्छेद भएको र पाँच बर्ष सम्म गरेको बिकास निर्माणका अधिकाशं संरचना ध्वस्त भएकाले ति संरचनाहरुलाई निर्माण गर्नका लागी तिनै तहका सरकारहरु संबेदनशिल हुनुपर्ने धारणा राख्नुभयो ।

ज्ञापनपत्र बुझाउँदै जिल्ला समन्वय समिती बझाङका संयोजक खडक बहादुर खड्काले बाढी र पहिरोका कारण बझाङ जिल्लामा ठूलो जनधनको क्षती भएको बताउँदै बझाङ जिल्लालाई संकटग्रस्त जिल्ला धोषणा गरि बाढी पहिरो पिडितलाई उचित राहत, बस्ती स्थानान्तरण , क्षेतीग्रस्त भौतिक संरचनाहरुको पुनर्रनिर्माण गर्न एकिकृत प्याकेजकारुपमा कार्यक्रम अगाडी बढाउन जोड दिनुभएको हो ।

उहाँले यो संकटको घडीमा सरकार छ र सरकारले गर्छ भन्ने ढंगले पिडित नागरिकहरुको पक्षमा काम गर्न आग्रह समेत गर्नुभयो । उहाँले संघीयता आई सकेपछि खोपानी तथा सरसफाई डिभिजन कार्यालय, भु– तथा जलाधार कार्यालय, शहरी बिकास कार्यालय र नदी नियन्त्रण कार्यालयहरु जिल्ला बाहिर रहेकाले र जनतालाई काम गर्न समेत असहज हुँदै आएकोले ति कार्यालयहरु बझाङ जिल्ला स्थापना गर्न माग समेत गर्नुभएको छ । उहाँ जिल्लामा भएका क्षेतीको बारेमा १८ बुदे मागपत्र समेत मुख्यमन्त्री भट्टलाई दिनुभएको छ ।

बझाङ जिल्ला समन्वय समिती संयोजक खडक खड्काको नेतृत्वको टोलीमा जिल्लाको १२ वटै स्थानीय तहका प्रमुख, राजनितीक दलका प्रतिनिधी , बझाङ जिल्लाबाट प्रतिनिधत्व गर्ने प्रदेश सभा सदस्यहरुको उपस्थिती रहेको थियो । गएको कात्तिक १ देखि ३ गते सम्म परेको बर्षाका कारण आएको बाढी र पहिरोमा परि ३१ जनाको ज्यान गएको थियो भने झण्डै जिल्ला भरि पाँच सय परिबार बिस्तापित भएका थिए । जिल्लाको खेतीयोग्य भुमीको झण्डै १० प्रतिसत बगरमा परिणत भएको छ ।
फोटो – मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला समन्वय समिती संयोजक खडक बहादुर खड्का । तस्बिर – शैलेन्द्र रोकाया ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार