बझाङको थलारा गाँउपालिकाको स्वास्थ्य शाखामा आगलागी : लाखौको क्षति

  सुनिल मण्डेल  119 पटक हेरिएको

बझाङ: बझाङको थलारा गाँउपालिका स्वास्थ्य शाखामा  आगलागी भएको छ । बिहिवार बिहान ११ः३० बजे स्वास्थ्य शाखाको स्टोरमा विद्युत सर्ट भइ आगलागी भएको हो । स्वास्थ्य शाखामा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नस्ट भएको छ ।

विधुत सर्ट भई लागेको आगोले स्वास्थ्य शाखाको स्टोरमा भण्डारण गरिएको औषधि, सर्जिकल सामान, स्वास्थ्य चौकीले वितरण गर्न ल्याईएका ५/५ थान ल्यापटप, प्रिन्टर, डेस्कटप, कम्प्युटर जलेर नष्ट भएको बताईएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट स्वास्थ्य शाखा भवनसँगै रहेको कर्मचारी आवासमा पनि क्षति पुर्‍याएको थलारा गााउपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनु भयो । उपाध्यायका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम ओली, सब ओभरसिर चक्रबहादुर थापा र खानेपानी तथा सरसफाइ सहजकर्ता भोजराज पाण्डे बस्दै आएको ३ कोठामा रहेका बेड बिस्तारा , लुगा कपडा लगायत सबै सामान पुर्ण रुपमा जलेर नस्ट भएका छन् ।

गाउँपालिकाले घर भाडामा लिएर स्वास्थ्य शाखा सन्चालन गरिरहेको थियो । आगलागी बाट के कति क्षति भयो भन्ने बारे एकिन भएको छैन । क्षतिको विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार