सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्न बाटो खुला !

काठमाडाैं । चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्था खारेजीको प्रस्ताव गरेको छ । यो पारित भएमा वर्तमान राष्ट्रपति शी जिनपिङलाई तेस्रो कार्यकालको बाटो खुल्नेछ ।

शीले आफ्नो कार्यकाल सन् २०२३ भन्दा पछिसम्म लम्ब्याउने प्रयास गर्न सक्ने अनुमान पहिल्यै गरिएको थियो ।

पार्टीको कंग्रेसले गत वर्ष माओत्सेतुङभन्दा पछिको शक्तिशाली नेताका रुपमा उनको हैसियत स्थापित गरेको छ ।

सरकारी समाचार एजेन्सी सिन्ह्वानले राष्ट्रपति शीको अनुकुलतामा संवैधानिक परिवर्तन गर्न लागिएको खुलासा गरेको हो ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको केन्दि्रय कमिटीले चीनको राष्ट्रपति तथा उपराष्ट्रपतिले लगातार दुई कार्यकालभन्दा बडि पदमा रहन सक्ने छैनन् भन्ने संविधानको व्यवस्थालाई हटाउने प्रस्ताव गरेको छ,’ यसले लेखेको छ ।
२०७४ फागुन १३ गते १६:३६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार