बाढी पिडितको निरिक्षणका लागी गृहमन्त्रीको टोली बझाङ आउदै ।

  खप्तड समाचारदाता  95 पटक हेरिएको

बझाङ । जिल्लाको थलारा गाउँपालिका र खप्तड छान्ना गाउँपालिकामा भएको बाढी पहिरोमा परि जन धनको क्षती भएका बाढी पिडित परिबारको अबस्था बुझ्न नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाड बुधबार बझाङ आउने भएका छन् । असोज ३१ गते देखि कार्तिक ३ गते सम्म भएको अबिरल बर्षाका संगै आएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिबारजन र बाढी पिडित परिबारको अबस्था बुझ्न टोली हेलिकप्टर मार्फत बझाङ आउने भएका छन् ।
जिल्लाको थलारा गाउँपालिको डिक्ला र खप्तड छान्नाको ऐचेली बगरमा आएर त्याहाँको अबस्था बुझ्ने बताईएको छ । गहृ मन्त्री खाडले एक घण्टा बझाङ जिल्लामा भ्रमणमा दिने टोलीका सदस्य पुर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजङ बहादुर सिंहले बताउनुभयो । उहाँले जिल्लामा बाढी पहिरोका कारण जिल्लाको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिका लगायत जिल्लाका धेरै ठाउँमा ठूलो मानविय क्षेत्री हुनका साथै ठ्रलो जनधनको क्षेत्री समेत भएकाले गृहमन्त्री खाडलाई त्यहाँका पिडितका समस्याका बारेमा जानकारी गरि राहतका कार्यक्रम बनाउन आग्रह गरे पछि बझाङ आउन लागेको बताउनुभयो । टोलीमा प्रतिनिधी सभा सदस्य तथा नेपाली काग्रेसका युवा नेता प्रकास रसाईली लगायतको टोली आउने भएको छ । टोलीले बझाङमा २ बजे देखि ३ बजे सम्म अनुगमन तथा भेटघाट गर्ने बताईएको छ । प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले थलारा गाउँपालिका र खप्तड छान्ना गाउँपालिका अध्यक्ष संग हेलिकप्टर लेन्ड गर्ने ठाउँ समेत फिक्स गरेर तयारी गर्न आग्रह गरेको समेत बताउनुभयो । कात्तिक १ देखि ३ गतेसम्म गएको बाढीपहिरोको कारण बझाङमा उच्च धनजनको क्षति भएको छ ।बझाङ जिल्ला बाढी पहिरोले जिल्लाभर १२ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । हाल जिल्लाका १२ वटै स्थानीय तह र प्रहरीको टोली क्षतिको तथ्यांक लिई रहेका छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार