निर्वाचन अधिकृतले बहाना बाजि गरेको पुर्व पार्टि सभापति भण्डारिको आरोप : ७ प्रश्न सहित

जिल्लामा नयाँ अधिकृत खटाए सँगै २१ गते निर्वाचन हुने सहमति

  सुनिल मण्डेल  95 पटक हेरिएको

बझाङ । नेपाली कांग्रेस बझाङका पुर्व पाटी शभापती सत्यराज भण्डारीले नेपाली काँग्रेसको अधिबेशनमा खटी आएका निर्वाचन अधिकृत बाहाना बाजि गरेको आरोप लगाउनु भएको छ । उहाँले आफ्नो फेसबुक स्ट्याटस लेख्दै “भट्टले केन्द्रिय निर्वाचनको निर्देशन पालना नगरी अत्यन्तै गैर जिम्मेवारी काम गर्नु भएको बताउनु भएको हो ।

नेता भण्डारिले १६ गते उम्मेदवारी दर्ता भै अन्तिम नमावली समेत प्रकाशन गरि १७ गते बिहान देखिनै फोन स्विच अफ गरि सम्पर्क बिहिन भएको बताउनु भएको छ ।
उहाँले निर्वाचन गर्न आतुर मतदाता धान बाली भित्र्याउने समयमा पनि मतदान प्रकृयामा भाग लिन नपाउदा निरासा मात्र नभई आक्रोशित समेत भएको बताउनु भयो । उहाँले भट्टलाई सात बुँदा सहितको प्रश्न समेत राख्नु भएको छ ।

तपाईलाई अपहरण गरि कहाँ पुर्‍याईयो ?

तपाईं कसरी अपहरण मुक्त हुनुभयो ?

अपहरणमा पर्दा के-कस्ता हतियार प्रयोग भएका थिए ?

तपाईले प्रहरी प्रशासनलाई किन जानकारी गराउनु भएन ?

यदि तपाई सडकबाटो बाट बाहिर आउनु भएको हो भने कुन गाडिको प्रयोग भएको थियो ?

बझाङ बाट आउँदा बाटोमा भएका प्रहरी चौकीलाई किन जानकारी गराउनु भएन ?

आफू अपहरणमा परेको र निर्वाचन गराउन नसक्ने जानकारी केन्द्रिय निर्वाचन समितिलाई किन गराउनु भएन ?

खालका प्रश्नहरु सोधिएका छन् । यस्तै १७ गते आइतबार बिहान १० बजेबाट सुरु हुने भनेको मतदान प्रक्रिया बझाङमा नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शुक्रवार राति १२ बजेपछि पार्टीको सम्पर्कमा नरहेकोले अधिवेशन स्थगित भएको थियो ।

आज फेरी नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले नयाँ मतदान अधिकृत उज्वलराज श्रेष्ठलाई खटाएको छ । नयाँ अधिकृत खटाए सँगै नेपाली काँग्रेसका नेताहरूको छलफलमा निर्वाचन २१ गते हुने सहमति भएको पुर्व पार्टी सभापति हर्क जंग बहादुर सिंहले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार