निर्वाचन अधिकृत सम्र्पक बिहिन भएपछि काँग्रेसको जिल्ला अधिबेसन अन्यौलमा , कार्यक्रर्ताको बिचल्ली

  खप्तड समाचारदाता  37 पटक हेरिएको

बझाङ समाचारदाता
बझाङ, असोज १७ गते । नेपाली काँगेस बझाङको आठौ जिल्ला अधिबेसनको निर्वाचन अधिकृतका रुपमा खटि आएका निर्वाचन अधिकृत चेतराज भट्ट एका एक सम्र्पक बिहिन भएपछि नेपाली काँगेस बझाङको अधिबेसन अन्यौलमा परेको छ । आईतबार बिहान ९ बजे निर्वाचन सुरु गर्ने भनिएको भएपनि निर्वाचन अधिकृत भट्ट सम्र्पक बिहिन भएपछि निर्वाचन प्रकृया अन्यौलमा परेको हो ।
अधिबेसनमा निर्वाचन प्रकृयाका लागी समय तालिका सार्बजनिक गरि उम्मेदवारी समेत दर्ता भई सकेको थियो । समय तालिका अनुसार आईतवार बिहान ९ बजे देखि निर्वाचन कार्य सुरु गर्ने भनिएको भएपनि बिहान निर्वाचनको सुरसार नभएपछि भट्ट खोजी भएको थियो । सदरमुकाम चैनपुर स्थित होटेल देबिस्थानमा बसेका भट्टलाई निर्वाचनको बिषयमा बाद विवाद गरि धम्की दिए पछि निर्वाचन अधिकृत भट्ट मोवाईल अफ गरि सम्र्पक बिहिन भएको बताईएको छ । निर्वाचन समितीको कार्यलय संगै रहेको होटेलबाट भट्ट राती १० बजे होटेलबाट निस्केका थिए । निर्वाचन नै आन्यौल हुने भएपछि गाउँबाट अधिबेसनमा भागलिन आएका झण्डै एक हजार ५ सय क्षेत्रिय प्रतिनिधी र वडा सभापतीहरु अलमलमा परेका छन् । जिल्लाको खप्तड छान्ना गाउँपालिका १का क्षेत्रिय प्रतिनिधी ज्योती प्रकाश जोशीले भन्नुभयो, पाटीलाई यसरी अनिर्णयको बन्दै बनाई कार्यक्रर्तालाई अलमलमा पर्ने काम भएकाले छिट्टै यसको निकास दिनुपर्ने बताउनुभयो । उहाँले निर्वाचन सम्बन्धी कुनै खालको बिवाद नभएकाले आबस्यक सबै प्रकृया पुरा गरि निर्वाचन गर्नु पर्नेमा जोड दिनुभयो । यसरी एका एक अन्यौल भएपछि कार्यकर्ताहरुले भने सोमबार नै निर्वाचन गराउनु पर्ने माग राखेका छन् । बिना कारण निर्वाचन स्थगित नगर्न जिल्ला स्थीत नेताहरु संग आग्रह समेत गरेका छन् ।
निर्वाचनका लागी दुई वटा प्यानल धोषणा गरि मनोनयन समेत दर्ता भई सकेको थियो । काँगेसको जिल्ला सभापतीमा खडक बहादुर बोहरा र रमेश भण्डारीले आ आफ्नो प्यानल सहित निर्वाचनमा होमिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार