गज्जुसरको टिकटक काण्ड: भिडियोमा भएकी छात्रा साली भएको स्पष्टीकरण

  खप्तड संवाददाता -  618 पटक हेरिएको

बझाङ । छबिस मजखोरी माध्यमिक बिद्यालयका शिक्षक गजेन्द्र जप्रेल उर्फ गज्जु बाबुले कक्षा कोठामै उदण्डता प्रदर्शन गरेका थिए । उनको अनुशासनहिनताले सिमा नाघेपछि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको थियो । शैक्षिक संस्थालाई हसिमजाक बनाउने र माया प्रेमका भावना प्रदर्शन गर्ने थलोको रुपमा गज्जु सरले कक्षाकोठालाई प्रयोग गर्न खोजेको सरोकारवालाको भनाई छ ।

कक्षाकोठामा शिक्षण सिकाई सम्बन्धि बिषयवस्तुमा टिकटक बनाउनु, भिडियो बनाउनु, शिक्षण सिकाईसंग सम्बन्धित प्रर्दशन गर्नुलाई अन्यथा लिन सकिँदैन तर अल्लारे केटाकेटी झै शिक्षक नै प्रस्तुत हुनु भनेको समग्र शिक्षा प्रणालीको मजाक उडाउनु हो ।
आफुलाई गज्जुबाबु भनेर परिचित गराउने गजेन्द्र जप्रेल मजखोरी माविमा करार शिक्षकको रुपमा कार्यरत छन् । आफ्नो कर्मभन्दा पनि उनको उडन्ते स्वभावले वढी चर्चित भएको स्थानियबासी बताउँछन् । उनको स्वभाव कै कारण स्थानियले ‘उडन्ते सर’ भनेर उपनामको ट्याग समेत झुण्ड्याई दिएकाछन् ।
गज्जुबाबुको चटक जस्तो विद्यार्थीको पढाइको स्तर भने मिल्दैन । उनि आफुलाई निकै जान्ने बुझ्ने रहेको दाबी गर्छन् । कक्षाकोठामा उडन्ते शैलीको टिकटक बनाएर आलोचित भएपछि गज्जुबाबुले लेखेको फेसबुक स्टाटसले पनि उनको घमण्डलाई सतहमा ल्याएको छ ।

गज्जुबाबुले फेसबुक स्टाटसको मध्ये भागमा लेखेकाछन्, ‘पहिलो टिकटक मैले आजभन्दा करिव १० महिना अगाडि कक्षा १० को कोठामा खाली समय वा इन्टर्बलमा बनाएको थिए, बिध्यार्थिहरुले त्यो समयमा आफुलाइ एमसीसीको बारेमा भनिदिन आग्रह गर्दा मैले सम्पुर्णलाई एमसीससीको बारेमा आफुले जानेजति कुरा भनेको थिए र यसको बिरोध भैरहेको छ र हुनुपर्छ भनेको थिए ।’
उनको एमसीसीवाला गफ र उनको विषयमा विद्यार्थीको सिकाई क्षमता भने छेउटुप्पोसम्म मेल खादैन । उनको विषयमा अधिकांश विद्यार्थी हात लाग्यो शुन्य अवस्था मै छन् । विज्ञानका सामान्य सिद्धान्त विद्यार्थीलाई आउँदैन । गणीतका साधारण सुत्र समेत विद्यार्थीहरु जान्दैनन् । गज्जुसरले फेसबुककै फुर्ती जस्तो प्रर्दशन उनले पढाएका विद्यार्थीले देखाउन सक्ने भए पक्कै पनि उनलाई नागरिकले सम्मान नै गर्छन । त्यसो नभएर पंक्तिकारले दाबी गरे जस्तो उनको विषयमा विद्यार्थीले न्युनतम ज्ञान आर्जन नै नगरेका रहेछन् भने के गज्जुसरले हसुरेको तलब फिर्ता गर्न तयार हुन्छन् त?

आलोचना भएपछि स्थानियबासीका ‘उडन्ते सर’ले फेसबुकमार्फत माफि मागेर स्पष्टिकरण समेत दिएका छन् । उनि लेख्छन्, ‘तेस्रो वा एकजना विद्यार्थीसँग बनाएको भनिएको टिकटक, हो मैले यसमा अलि गल्ती गरेको महसुस गरेको छु । किनभने उनी मेरी बिद्यार्थी थिइन् । मैले विद्यार्थीसङ्ग भनेर ठूलो गल्ती गरेकै हुँ, उनी मजखोरी माविबाट दुई तीन बर्ष पहिला नै १२ पास गरेकी र मैले कहिलै नपढाएका केटि थिइन र उनी मेरो साइनोमा साली समेत पर्थी । साथै यो टिकटक बासुधारामा जानेबेला जुन हामी १० र १२ जनाको टिम थियो त्यो समयमा सबैको साथ लिएर लक्डाउनको समयमा खिचिएअको थियो र केटिकै अनुमतिमा बनाएको थिए ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार