बझाङको तलकोट गाउँपालीकामा झुण्डीएको अवस्थामा महिला मृत फेला

  सुनिल मण्डेल  276 पटक हेरिएको

बझाङ । जिल्लाको तलकोट गाउँपालीका वडा नं. २ धमेनाकी अन्ताजी २० बर्षीया महिला झुण्डीएको अवस्थामा मृत फेला परेकी छिन् ।

शुक्रबार बिहान माईतीघर जान्छुँ भनी हिडेकी अन्ताजी २० बर्षीया महिला तलकोट गाउँपालीका वडा नं.४ को बाबई सामुदायीक वनमा बाँजको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

बिहान माईत जानछुँ भनी हिडेकी तर बेलुका सम्म माईत नपुगेपछि घर परिवारले खोजी गर्दा झुण्डिएको अवस्थामा मृत फेला परेकी पारीवारीक स्रोतले जनाएको छ ।

शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल सिमखेत ल्याइएको छ । घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख, डिएसपी रुपक खड्काले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार