बझाङको दुर्गाथलिमा आफ्नै नाती द्धारा ८० बर्षिया वृद्धा बज्यैको हत्या

  सुनिल मण्डेल  1920 पटक हेरिएको

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका – ५ घर भएका ८० बर्षीया रिठी जप्रेलको आफ्नै नातीले हत्या गरेको छ । दुर्गाथली गाउँपालिका -५ का वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा २१ बर्षका सुभाष जप्रेलले आफ्नै बज्यै ८० बर्षकी रिठी जप्रेलको हत्या गरेको स्थानीयले बताएका छन् ।

आफ्नै नातीले मारेको प्रहरीलाई भने पछि अपराधि अहिले प्रहरीको नियन्त्रणमा रहि जिल्ला ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रुपक खड्काले बताए ।

सदरमुकाम चैनपुरबाट घटना स्थल टाढा भएको कारण डिटेल जानकारी आउन बाकि छ प्रहरी टोली घटना स्थल पुगेर थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सो स्थानमा नेटवर्कको समस्याका कारण  घटनाको थप विवरण आउन बाकीँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार