नेपाली कांग्रेसको नगर तथा गाउँ अधिबेसनको रौनक छाँयो , जयपृथ्बी नगरपालिकामा ५ जनाको आकांक्षा

बझाङ । नेपाली कांग्रेसको १४ औ महाधिबेसनको पुर्व सन्ध्यामा नगर तथा गाउँ अधिबेसनको रौनक छाँएको छ । जिल्लाका ९६ वटा वडाहरुमा वडा अधिबेसन सम्पन्न भए संगै गाउँ अधिबेसनको तयारीका लागी नेताहरु जुटेका छन् ।
आ आफ्नो पक्षमा नेतृत्व लिनका लागी जिल्ला स्थित कांगे्रसका नेताहरु आ आफ्नो कसरतमा समेत जुटेका हुन् । निकै महत्वपुर्ण तरिकाले हेरिएको जिल्ला सदरमुकाम स्थित जयपृथ्बी नगरपालिकामा पाँच जनाले आकाक्षा राखेको स्रोतले जानकारी दिएको छ ।
स्कुलमा नेबिसंघ हुदै उद्योग बाणिज्य संघको सचिब हुँदै नेपाली काग्रसको मुल धारको राजनितीमा आएका बर्तमान नगर सभापती हिरेन्द्र छत्याल समेत फेरि नगर शभापतीमा दोहोरिने मोडमा छन् । छत्यालले आफु सर्ब सम्मत रुपमा हुनका लागी आफ्नो लबिङ्ग समेत गरि रहेका छन् । उनि परराष्ट्र राज्य मन्त्री अर्जुनजंग बहादुर सिंह निकट मानिन्छन् ।
त्यस्तै अर्का नगर सभापतीका आकाक्षी नेबिसंघका युवा नेता खगेन्द्र खड्का पनि छन् । माध्यामिक तह पढ्दै गर्दा नेबिसंघबाट राजानिती सुरु गरेका खड्का जयपृथ्बी बहुमुखी क्याम्पसको स्वबियु सचिब हुँदै नेबिसंघको जिल्ला सचिब समेत छन् । केही बर्ष देखि नेपाली कांग्रेसको मुलधारको राजनितीमा सकृय उनि सबै आकाक्षी भन्दा कान्छा भएपनि अबको नेतृत्व युवाको हुनु पर्छ भन्ने मान्यतामा छन् । उनि संबिधान सभा सदस्य चन्द्रा देबि जोशी निकट मानिन्छन् ।
त्यस्तै नगर सभापतीका दाबेदार जयपृथ्बी नगरपालिका ५ का वडा अध्यक्ष समेत रहेका डम्बरबहादुर सिंह पनि हुन् । लामो समय देखि नेपाली कांग्रेसको राजनितीमा सकृय उनि बर्तमान नगर कोषादक्ष्य समेत हुन् । सहमतीका आधारमा नेतृत्व लिने मोडमा रहेका सिंह नेपाली काग्रेस बझाङका पुर्व पाटी सभापती पृथ्बी बहादुर सिंह नजिक मानिन्छन् ।
अर्का आंकाक्षीका रुपमा रहेका मिन खड्का समेत नगर सभापतीमा आफुले पाउनु पर्ने दाबी राख्दै आएका छन् । बिद्यार्थी हुँदा देखि नै नेबिसंघबाट राजनिती यात्रा गरेका खड्का तत्कालिन हेमन्तबाडा गाबिसको पाटी सभापती हुँदै अहिले नगर कार्य समितीको सचिबमा छन् । हेमन्तबाडामा बलियो प्रभाब राख्न सक्ने आकलन गरिएका खड्का अहिले आफु कुनै पनि नेताको नजिक नभएको बताउन्छन ।
त्यस्तै नगर सभापतीका आकक्षी मध्येका हुन प्रकास रोकाया (भरत) पनि । उहाँ ०४६ सालको जन आन्दोलन देखि निरन्तर रुपमा नेपाली काग्रेसमा रहेका भएपनि उनले हाल सम्म कुनै लाभको पद समेत लिएका छैनन् । निर्माण ब्यवसायि समेत रहेका रोकाया यस पटक भने आफुले हुनु पर्ने दाबी गर्दै आएका छन् । पाटीलाई आबस्यक पर्दा सहयोग गर्दै आएका रोकायालाई कुनै नेता नजिक नभएपनि स्वतन्त्र रहेको बताउँछन् ।
यता नगर सभापतीका लागी आकाक्षा राख्ने धेरै भएपनि सहमतीको प्रयास भने जारी रहेको नेताहरु बताउँछन । सहमतीका लागी प्रयास भई रहेको र जिल्लाका सबै तहहरुमा सहमतीबाटै नेतृत्व चयन गर्न आफु लागी परेको नेपाली काग्रेसका नेता हर्कजंग बहादुर सिंहले बताउनुभयो । उहाँले आफ्नो कार्यकालका अधिकतम प्रयास गरि रहेको समेत जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार