गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहित २० जना जनप्रतिनिधीले गरे एकिृत समाजबादीमा सनाखत

  खप्तड समाचारदाता  165 पटक हेरिएको

बझाङ । नेकपा एमालेबाट जननिर्वाचित भएका बझाङ जिल्लाको केही नेताहरुले माधब नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजबादी पाटीमा आफुहरुको समर्थन रहेको भन्दै आईतबार जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा केदारस्युँ गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर भण्डारीको नेतृत्वमा सोही गाउँपालिका उपाध्यक्ष सहित ४ जना वडा अध्यक्ष सहित २० जना जनप्रतिनिधीहरुले नेकपा एकिकृत समाजबादीमा सनाखत गरेको हो ।
गाउँपालिकाको कार्यालय रहेको देउराबाट मोटरसाईकल र जिपहरुको र्याली सहित सदरमुकाम चैनपुर आएका केदारस्युँ गाउँपालिकाका जनप्रनितिनिधीहरुले नारा जलुस सहित बजार परिक्रमा गरि जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गरेका थिए । सनाखत गर्नेहरुका गाउँपालिका अध्यक्ष भण्डारी उपाध्यक्ष निसा धामी , वडा अध्यक्षहरु गणेश बोहरा, चक्र बिक, बिरबहादुर खाती र कासीराम धामी लगायत अन्य पालीका तथा वडा सदस्यहरु रहेका छन् । ९ वटा वडाहरु रहेको केदारस्युँ गाउँपालिकामा ३ वटा वडामा कागे्रस , एउटा वडामा माओबादी र पाँच वटा वडामा एमालेले बिजयी गरेको भएपनि अहिले भने एक जना मात्र एमालेमा रहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वयच्याचारी गतिबिधीकाका कारण केन्द्रमा बरिष्ट नेता माधब नेपालको नेतृत्वमा नयाँ पाटी दर्ता गरेपछि हामी पनि केपाी ओलीको अहंकारका बिरुद्व नयाँ पार्टीमा उभिएको केदारस्युँ गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर भण्डारीले बताउनु भयो । भदौ २२ गते भित्र अन्य स्थानीय तहका जनप्रतिनिधीहरुले पनि खनाखत गर्ने बताउँदै उहाँले भन्नुभयो , “जिल्ला भित्र नेकपा एमाले भन्दा नेकपा एमाले एकिकृत समाजवाद पार्र्टि िबलियो हुने छ ।
आफ्नो दलबल सहित सदरमुकाम चैनपुरमा आईसकेपछि निर्बाचन कार्यालयमा भण्डारीको सातमा नेकपा एमामलेका जिल्ला अध्यक्ष दिल बहादुर सिंह , शिक्षक संगठनका अध्यक्ष हरि प्रसाद जोशी लगायतका जिल्ला स्थिीत नेता कार्यकर्ताहरुको पनि साथ र समर्थन रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार