लामो समय पछि बझाङका विद्यालय जाेर बिजाेरकाे आधारमा सञ्चालन हुँदै

  खप्तड समाचारदाता  179 पटक हेरिएको

सन्जिता धामी बझाङ । बझाङ जिल्लाका विभिन्न स्थानीय तहले विद्यालयहरू जाेर बिजाेरका आधारमा भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । लामो समय देखि काेराेना महामारीका कारण ठप्प रहेका विद्यालयहरु जिल्लामा काेराेना संक्रमणकाे दर कम भए पछि सञ्चालनमा आएका हुन् ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको यहीँ भदाै १४ गते सदरमुकाम चैनपुरमा बसेको बैठकले विद्यालय खोल्ने निर्णय गरे पछि जिल्लाका अधिकांश विद्यालयहरु सञ्चालनमा आइ सकेका छन् भने, केही विद्यालयहरुले पाठ्यक्रम तयारी भइ नसकेका कारण र काेराेना महामारीकाे जाेखिम कायमै रहेकाले विद्यार्थीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुङ्गो नलागेका कारण यहीँ भदौ २० गते बाट विद्यालय खाेल्ने भएका छन् ।

नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधी २०७८ ले निर्देशित गरे अनुरुप जोखिमको मुल्याकंन गरी कार्यान्वयन गर्न लेखि आएको हुँदा सोहि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्ने निर्णय गरिए पछि हामीले पनि कक्षा १-५ सम्मका कक्षा नियमित र ६ देखि १२ सम्मका कक्षाहरु जाेर राेल नम्बर भएका विद्यार्थीहरुलाई जाेर गते र बिजाेर राेल नम्बर भएका विद्यार्थीहरुलाई बिजाेर गते उपस्थित गराएर यहीँ भदौ २० गतेदेखि सुरु गर्ने केदारस्युँ गाउँपालिका वडा नं ९ झाेताका प्रधानाध्यापक शान्ति बाेहराले बताईन् ।

उनले, “हाम्रो जस्तो दुर्गम, सञ्चारकाे अभाव भएको ठाउँमा अनलाइन कक्षाको सम्भावना नै नभएकाे भन्दै तत्काल विद्यालय सञ्चालन गर्ने भनिए पछि पठनपाठन गर्ने समेत जानकारी दिएकि छन् ।”

त्यस्तै, “थलारा गाउँपालीले पालिका भरिका विद्यालयहरु यहिँ भदौ १३ गतेबाट जाेर बिजाेरका अाधारमा सञ्चालनमा ल्याइ सकेकाे र एक हप्ता पछि काेराेना महामारीलाई मध्यनजर गरि नियमित पठनपाठन गर्ने थलारा माध्यामिक विद्यालयका प्रध्यानाध्यापक सेर बहादुर चाैभानले जानकारी दिए।”

अहिले काेराेना महामारी कायमै रहेकाले धेरै भिड भाड नगरी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि जिल्ला भित्रका सबै विद्यालय सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी माेहाेन अधिकारीलेकाे आग्रह रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार