बझाङमा भाईरल ज्वरोका बिरामी बढ्दै

  सुनिल मण्डेल  387 पटक हेरिएको

सुनिल मण्डेल बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिकामा भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्ने लगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका हुन ।

छबिस पाथिभेरा गाउँपालिकाको-७ मा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार गर्न जान सकिने अवस्था नभएको स्थानीय देव बहादुर मण्डेलले बताए ।

गाउँमा ज्वरो भाइरल रूपमा फैलिन थालेपछि कोरोना पो हो कि भन्ने चिन्ता थपिएको मण्डेलले बताए । उनले भने, ‘गाउँभरि केही दिनदेखि भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गएका छन्, उपचार पनि छैन र कोरोना परीक्षणसमेत नगर्दा हामीलाई चिन्ता हुन थालेको छ ।’

यहाँका स्वास्थ्य संस्थामा दैनिक जसो टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका बिरामी लगभग ३०/४० जनाको हाराहारीमा बिरामी आउने गरेको छबिस पाथिभेरा गाउँपालिका–७ का मजखोरी आधारभुत स्वास्थ ईकाई केन्द्रमा कार्यरत अ.न.मी चन्द्रा कुमारी राईले बताए ।

उनले भने ‘भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्थामा आउन थालेका छन्, हामीसँग कोरोना परीक्षण गर्ने उपकरण छैन, सामान्य ज्वरोको औषधी दिएर र जाँच गर्दा बिरामी निको हुँदैन ।’

कोरनासँग मिल्दोजुल्दो खालको लक्षणका बिरामी दिनहुँ यहाँका स्वास्थ संस्थामा उपचारका लागि आउने गरे पनि कोरोना परीक्षण गर्ने किट नभएका कारण आजसम्म परीक्षण गर्न नसकेको मजखोरी आधारभुत स्वास्थ ईकाई केन्द्रका प्रमुख चक्र बोहराले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार