अधिबेसनमा जुट्यो काग्रेस , वडा अधिबेसन हुँदै

  खप्तड समाचारदाता  1174 पटक हेरिएको

बझाङ । नेपाली कांगे्रसको १४ औ महाधिबेसनको पुर्व सन्ध्यामा नेपाली काग्रेस बझाङ समेत वडा तथा गाउँ अधिबेसनमा जुटेको छ । वडा अधिबेसनका लागी नेपाली कांग्रेस बझाङले आफ्नो तयारी पुरा गरेर निर्वाचनमा जुटेको हो ।
नेपाली काग्रेसले देश भरिका केही जिल्लाहरुमा भदौ १८ गते वडा अधिबेसन गर्ने तालिका सार्वजनिक गरि तयारी गरे संगै बझाङ जिल्लामा समेत वडा अधिबेसनको लागी सम्पुर्ण तयारी पुरा गरेको छ । अधिबेसनका लागी निर्वाचन अधिकृत तोक्ने, निर्वाचन समाग्री संम्बन्धीत वडामा पठाउने लगायतका कार्यहरु पुरा गरेको नेपाली कागे्रसका पाटी सभापती हर्कजंग बहादुर सिहंले बताउनुभयो । उहाँले जिल्ला भरिका सबै वडाहरुमा सर्ब सम्मत रुपमा अधिबेसन गर्ने तयारीका साथ सबैलाई खटाएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, आसन्न स्थानीय तहको निर्वाचन समेत नजिक आई रहेकाले सबै तहका अधिबेसन सर्ब सम्मत रुपमा गर्न पार्टी पंŒिामा समेत छलफल भईसकेकाले त्यसैमा सहजिकरण गर्न सबैमा आग्रह गरिएको छ । पाटी भित्र गुट उपगुटको अभ्यास अन्त्य भई एकताको अधिबेसन गर्न जोड दिनुभयो ।
जिल्लाका वटा स्थानीय तहका ९४ वटा वडाहरुमा सुक्रबार वडा अधिबेसन हुँदैछ भने भदौको अन्तीम तिर गाउँ अधिबेसनका साथै असोजको पहिलोदोस्रो हप्तामा केन्द्रिय महाधिबेसन गर्ने तालिका समेत सार्बजनिक गरेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार