बझाङ । सुदूरपश्चिम प्रदेशको कृषी क्षेत्रको बिकासका लागी रणनिती योजना बन्ने भएको छ । कृषी क्षेत्रको ब्यवसायिकरण , उत्पादन ,बजारीकरण र गुणस्तर बढाउनका लागी प्रादेशिक कृषी रणनिती योजना बन्ने भएको हो ।
कृषी क्षेत्र मार्फत सुदूरपश्चिमेली जनतालाई आत्म निर्भर बनाउनका लागी प्रादेशिक कृषी रणनिती योजना बनाउनका लागी सुझाव संकलन समेत भई रहेको छ । कृषी क्षेत्रका बिज्ञहरुको टोलीले सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका कृषी ब्यवसायी , कृषकहरु , उद्योगी लगायत कृषी क्षेत्रमा सरोकार राख्ने निकायहरु संग छलफल तथा परामर्षका कार्यक्रमहरुको संञ्चालन गरिरहेको छ । पुर्व सचिब डाक्टर गणेशराज जोशीले भन्नुभयो, कृषी क्षेत्रको समग्र बिकासका लागी समय सुहाउदो र वातावरणिय अनुकुलमा आधारित प्रादेशिक कृषी रणनिती योजना बनाउन लागेकोले यसको निर्माणका लागी सरोकारवालाहरुबाट सुझाव लिने कार्यक्रम भई रहेको छ । उहाँले कृषी क्षेत्र मार्फत जिबिकोपार्जन मात्र नभई ब्यवसायिक कृषी उत्पादन, गुणस्तर,बजारीकरणका माध्यामबाट प्रतिस्पर्दी र आत्म निर्भर बनाउने परिकल्पनाका साथ अगाडी बढेको समेत बताउनुभयो । उहाँले कृषी क्षेत्रको बिकासका लागी प्राबिधिक सेवा, संस्थागत संरचना,जनशŒिाm ब्यवस्थापन , कर्मचारी क्षमता बिकास र सुदृढीकरण र मुल्य श्रृखला आदीका बिषयमा कस्तो तरिकाले बनाउने भन्ने बिषयमा बिभिन्न सरोकार राख्ने निकायहरु संग छलफल तथा राय सुझाव लिने कार्यको थालनी समेत भएको बताउनुभयो । सदरमुकाम चैनपुरमा कृषी क्षेत्रका सरोकारबालाहरु संग परामर्ष लिने कार्यक्रममा बोल्दै अधिकाशं कृषकहरुले नेपाल सरकारले दिने भनेको कृषी क्षेत्रको सहुलियपुर्ण कर्जा नपाएको गुनासो पोखेका थिए ।
कार्यक्रममा बोल्दै स्थानीय कृषक नवराज खड्काले भन्नुभयो सरकारले कृषकका लागी दिने भनेको सहुलियत पुर्ण कर्जा हाल सम्म नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, सरकारले कृषी क्षेत्र मार्फत आत्म निर्भर बनाउने लक्ष्य लिई रहेका बेला गरिखाने किसानले न त अनुदान पाएका छन् नत कर्जा नै पाएका छन् । राय तथा सुझाव लिने कार्यक्रममा बोल्ने अधिकाशं बŒाmाहरुले स्थानीय तहबाट कृषी क्षेत्रमा प्रयाप्त बजेट नछुट्टाएको, प्रदेशबाट आउने अनुदानका कार्यक्रमहरु वास्तविक किसानलाई नदिएर कृषी माफियाहरु कहाँ गएको , जग्गा हुनेले भाडामा लिदा महड्ढो भन्ने गरेको , ब्यवसायिक सुरक्षाको ग्यारेन्टी नभएकाले यस्ता कुराहरुलाई समेटेर योजना बनाउन सुझाव दिएका छन् । यसका साथै पुरानो रैथाने बिउँको संरक्षण गर्न प्रत्येक जिल्लामा बिउँ बैकं तथा कृषी अनुसन्धान केन्द्रहरु स्थापना गरिनु पर्ने कुराहरु समेत रणनिती योजनामा समेट्नु पर्ने सुझाव समेत दिएका हुन् ।
जिल्ला कृषी ज्ञान केन्द्र बझाड्ढका प्रमुख टेकबहादुर बिष्टले भन्नुभयो, सुदूरपश्चिमका पहाडी जिल्लाहरुकामा कृषी क्षेत्रका लागी प्रयाप्त फाटहरु, सिचाईको सहज भएको , जलवायु समेत अनुकुल भएको सबै भन्दा सम्भावना भएको जिल्ला भएकाले यहाँ कृषी क्षेत्रको बिकास गर्न सहज छ । उहाँले स्थानीयतहहरुले कृषी क्षेत्रलाई प्राथमिकता नदिदा र स्थानीय तह , ज्ञान केन्द्रका बिचमा समन्वय नहुन सक्दा काम गर्न असहज हुने गरेको समेत बताउनुभयो । उहाँले यस बर्ष मात्र जिल्लामा मुख्यमन्त्री कृषी आयोजनाबाट केही उपलब्धी देखिएको स्मरण गराउदै कृषी क्षेत्रको बिकासका लागी सबैको आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नु पर्ने बताउनुभयो ।