जिल्लाका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रम सुरु, राम्रो काम गर्ने पालिकालाई सम्मान गरिने ।

  खप्तड समाचारदाता  328 पटक हेरिएको

बझाङ । जिल्लाका बिभिन्न पालिकाहरुकाबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बझाङका १२ वटा स्थानीय तहहरुबाट प्रवाह भएका स्वास्थ्य सेवाहरुको बारेमा प्रगती समिक्षा कार्यक्रम सुरु भएको हो ।
दुई दिन सम्म चल्ने बार्षिक प्रगती समिक्षा कार्यक्रम जिल्लामा गएको आर्थिक बर्षमा भए गरेका सफल कामहरु, हुन नसकेका कामहरुको बारेमा समिक्षा भई रहेको छ । जिल्ला अस्पताल कार्यालय बझाङका प्रमुख भानु जोशीले जिल्लामा स्वास्थ्य क्षेत्रमा गएको बर्ष भएका उपलब्धी , सफल अभ्यासहरु र हुन नसकेका कामहरु र हुन नसक्नु कारण सहित आगामी दिनहरुमा सुधार गर्ने उदेस्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले नमुना काम गर्ने तिन ओटा पालिकाकालाई सम्मान गर्ने समेत बताउनुभयो । पछिल्लो समयमा जिल्लाको स्वास्थ्य अबस्थाका बारेमा जानकारी दिदै प्रमुख जोशीले भन्नुभयो, कोरोना संक्रमणको अग्रभागमा रहेर स्वास्थ्यक्रर्मीहरुले गरेको कामको समेत उच्च प्रसंसा भई रहेकाले अझै पनि स्वाथ्यक्रर्मीहरुले खटेर लाग्न आग्रह समेत गर्नु भएको हो । उद्घाटन समारोहमा बिभिन्न पालिकाहरुको संक्षिप्त प्रस्तुती समेत गरिएको थियो । बझाङ जिल्लाका १२ वटै स्थानीय तहहरुका स्वास्थ्य संयोजकहरुको सहभागितकामा भएको कार्यक्रमा दुई दिन सम्म सबै पालिकाहरुको प्रस्तुती रहने र आगामी आर्थिक बर्षको योजना तर्जुमा समेत गरिने आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका संयोजक खडक खड्काले पछिल्लो समयमा कोरोना संक्रमणको अग्रभागमा रहेर स्वास्थ्यक्रर्मीहरुले गरेको योगदानको प्रसंसा गर्दैै तेस्रो लहरको कोभिडको तयारी अबस्थामा रहन समेत आग्रह गर्नुभयो ।
बिहिबार जिल्ला स्वास्थ्य कार्यालय बझाङ र जिल्ला अस्पताल बझाङले आफ्नो प्रस्तुती राखेको थियो भने अन्य पालिकाहरुको समेत क्रमिक रुपमा राख्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार