बहुउपयोगी योजनाले कृषकलाई राहत

  शैलेन्द्र रोकाया  105 पटक हेरिएको

बझाङ । बारी भरि लटरम्म फलेका टमाटर र काक्राले घरको आगन मात्र होईन त्यस क्षेत्रलाई नै शोभायमान बनाएको छ । घरको आगनमा बनाएका टनेल हाउस भित्र फलेका तरकारी खेतीले मेहेनत गर्ने किसानका लागी जिबिकोपार्जन मात्र होईन मनग्य आम्दानी हुदो रहेछ भन्ने गतिलो उदाहरण छबिस पाथीभेरा गाउँपालिकामा ३का ६५ बर्षीय किसान हर्कबहादुर सिंहले गर्नु भएको तरकारी खेतीमा देख्न सकिन्छ । उमेरले उकालो लागेका सिंहको कृषी पेसा प्रतिको आर्कषण र मेहनतले उहाँको उर्जा झन बढेको भान हुन्छ । सिचाई सुबिधा नभएकाले बर्षौ देखिको कृषी पेसाबाट मनग्य आम्दानी गर्ने सिंहको सपना भने हालै निर्माण भएको सिल्का बहुउपयोगी योजनाले पुरा गरि दिएको छ । बर्षेनी सिचाईका लागी पानीको स्रोत अभाबका कारण मर्कामा परेका किसानहरुलाई बहुउपयोगी योजना बने पछि सिचाई गर्न सहज भएको हो ।


खेतमा सिचाई गर्न समेत पानीको अभाब खेप्दै आएका यस क्षेत्रका बासिन्दाहरुका लागी सिचाई कुलो , सिचाई पोखरी , सिचाई धारा र सिचाई पोखरीबाट जम्मा भएको पानीबाट सुधारिएको घट्ट समेत निर्माण गरेपछि यस क्षेत्रका किसानहरुलाई ठूलो राहत मिलेको छ । मुहानमा पानी कम भएपछि सिचाई कुलोबाट सानो पानीलाई पोखरीमा जम्मा गरेर सिचाई धाराहरुमा र पोखरीबाट बढी भएको पानीलाई खेतहरुमा सिचाई गर्न र सिचाई पोखरीबाट सिधा पाईपबाट सुधारिएको घट्टमा समेत पानी लिएको छ । सानो पानीको स्रोतलाई ब्यबस्थित बनाएर एकै योजनाबाट चार वटा क्षेत्रमा पानीको सही उपयोग भएको छ । जिल्ला मै यसरी बहुउपायेगी योजना निर्माण भएको यो पहिलो योजना हो । ‘पानीको स्रोत कम छ, बर्षेनी पानीका लागी गाउँमा झै झगडा समेत हुने गर्दथ्यो छबिस पाथिभेरा गाउँपालिका ३ सिल्काका तुफान सिंहले भन्नुभयो, सानो लगानीमा यो योजना निर्माण भएपछि निकै राहत भएको छ ।’ उहाँले भन्नुभयो, सधै आकाशे पानीको भरमा साउनको दोस्रो साता तिर रोपाई हुने खेतहरुमा यो बर्ष भने असारको पहिलो साता नै रोपाई भएको छ ।

ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना र छबिस पाथीभेरा गाउँपालिकाको लगानीमा जनश्रमदान सहित ६० लाखमा निर्माण भएको हो । नजीकै घट्ट पनि थिएन् , पिठो पिस्नका लागी एक दिन पुरै खर्च गर्नु पर्दथ्यो तर गाउँमा नै सुधारिएको घट्ट समेत बनेपछि गाउँलेहरुलाई सहज भएको स्थानीय दिनेश सार्कीले बताउनुभयो । सिमेन्टको १७ सय मिटर आरसिसि नहरबाट ५५ हजार लिटरको पोखरीमा पानी जम्मा गर्ने र त्यहाँबाट ६ वटा सिचाई धारा र सुधारिएको घट्टमा पानीको सही र ब्यवस्थित उपायोगले यस ठाउँमा पुग्ने स्थानीय समेत दगं मात्र परेका छैनन् तरकारी खेती गरेर लाखौ रुपायाँ आम्दानी गदै आएका छन् । स्थानीय किसान हर्क बहादुर सिंहले भन्नुभयो, यस बर्ष मात्र तिन लाख भन्दा बढीको टमाटर मात्र बिक्रि गरि सकेको छु । अझै काक्रा र केही टमाटर बाँकी नै छन् । यसो सालाखाला गर्नेको भने बर्षको ५ लाख सम्म आम्दानी हुन् सिंहको अनुमान छ ।
यो बहुउपयोगी योजनाबाट झण्डै १०० रोपनीमा सिचाई पुगेको छ भने झण्डै १२० परिबारलाई घट्ट पिस्न समेत सहज भएको छ ग्रामिण जलस्रोत ब्यवास्थापन परियोजनाका संयोजक भेषराज उपाध्यायले बताउनुभयो । यस क्षेत्रलाई गाउँपालिकाले तरकारीको पकेट क्षेत्रका रुपमा बिकास गर्नका लागी तरकारी खेतीको समेत गरिएको छ । गाउँपालिका अध्यक्ष अक्कल बहादुर धामीले भन्नुभयो, ‘कडेल क्षेत्र तरकारी तथा अन्नबालीका लागी निकै उर्वर क्षेत्र हो । यहाँ सिचाईका लागी पानीको अभाबका कारण यहाँका किसान धेरै मर्कामा परेका थिए तर यो योजना बनेपछि यहाँका स्थानीयहरु तरकारी खेतीमा समेत लागेका छन् र गाउँपालिकाले समेत तरकारी पकेट क्षेत्रका रुपमा बनाउने योजना बनाएका छौ ।’

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार