जयपृथ्बी बहादुर सिंहको १४५ औ जन्म जयन्तीमा चार जना पत्रकार सम्मानित

  बझाङ समाचारदाता  534 पटक हेरिएको


बझाङ । मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको १४५ औ जन्म जयन्तीको अबसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले आयोजना गरेको कार्यक्रममा चार जना पत्रकार सम्मानित भएका छन् । सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्म जयन्तीको अबसरमा जयपृथ्बी र मनवता बिषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रममा जिल्लामा लामो समय देखि क्रियासिल चार जनालाई नगद सहित पुरस्कृत गरेको हो ।


मानवताबादी ब्यŒिाmत्व जयपृथ्बी बहादुर सिंहको नामबाट स्थापना गरेको जयपृथ्बी पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो प्रसारक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा नागरिकका पत्रकार जगत खड्कालाई नगद दश हजार रुपयाँ सहित सम्मान गरेको छ । यसै गरि नेपाल पत्रकार महासंघ बझाङ शाखाका पुर्व सचिब स्वार्गिय नरेश खड्काको सम्झनामा स्थापना भएको नरेश स्मृती पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कारमा कान्तीपुरका पत्रकार बसन्त प्रताप सिंह , साईपाल एफ एम की पत्रकार बिना रोकाया र रेडियो थलाराका पत्रकार पदम खड्कालाई बितरण गरेको छ ।

सो अबसरमा साथै उŒाm समारोहमासो कार्यक्रमा सुदूदायिक रेडियो साईपाल एफ एम लाई समेत सम्मान गरिएको थियो । दुर्घटनामा परि मृत्यू भएका पत्रकार महासंघ बझाङ शाखाका पुर्व सचिब नरेस खड्काकी धर्मपत्नीलाई महासंघले आर्थिक सहयोग सहित सम्मान समेत गरेको छ ।


बिचार गोष्ठीमा गोरखापत्रको पहिलो संस्थापक समेत रहेका मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको योगदान र मार्गदर्षनको बारेमा समेत चर्चा गरेका थिए । बिचार गोष्ठीमा बोल्ने अधिकाशं बŒाmाहरुले जयपृथ्बी बहादुर सिंहलाई राज्यले बिर्सेको समेत आरोप लगाएका थिए । लामो समय देखि जयपृथ्बी बहादुर सिंह बारेमा अध्यायन गरि रहनु भएका स्थानीय बिष्णुभŒाm जोशी (शास्त्री) भन्नुभयो बझाङ्गी राजा जयपृथ्बी बहादुर सिंहले गर्नु भएको योगदानका बारेमा राज्य उदासिन भएको छ । जयपृथ्बी बहादुर सिंहले गरेका योगदान भन्दा कम योगदान भएका ब्यŒाmीहरु लाई राष्ट्रिय बिभुती घोषणा गरेको भएपनि पटक पटक राष्ट्रिय बिमुती घोषणाका लागी माग गरेको भएपनि सुनुवाई हुन सकेको छैन् । उहाँले भन्नुभयो उहाँले लेख्नु भएका पुस्तक र बिचारहरुलाई मात्र अगाल्न सकेको खण्डमा उहाँ प्रतिको श्रदा पुरा हुने बताउनुभयो । सो कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले जयपृथ्बी बहादुर सिंहले गरेका परोपकारी कामका बारेमा आफ्ना बिचारहरु समेत राखेका थिए ।

 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले जयपृथ्बी बहादुर सिहं बझाङको मात्र नभएर नेपालकै ऐतिहासिक ब्यतिmत्व भएकाले उहाँको मानवताबादी सोचको सबैले अनुसरण गर्नु पर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका बझाङ अध्यक्ष शैलेन्द्र रोकायाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिती संयोजक खड्क खड्का , बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल लगायत बिभिन्न प्रतिष्ठित ब्यŒिाmहरुको उपस्थिती रहेको थियो । जन्म जयन्तीको अबसर पारि जिल्लाको जयपृथ्बी बहुमुखी क्याम्पस , जयपृथ्बी रेडियोले समेत बिभिन्न कार्यक्रमको आयोजना गरि जन्म जयन्ती मनाएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार