सुर्मा सरोवर गएका तिर्थालु तथा भक्तजनहरु फर्किए

छबिस ७ मा भोलि बिरिजात मेला लाग्ने

  सुनिल मण्डेल  1296 पटक हेरिएको

बझाङ । केही दिन अघि सुरु भएको सुर्मा देवि बिरिजात मेलामा सुर्मा सरोवर पुगेका अधिकांश तिर्थालु तथा भक्तजनहरु फर्किएका छन् । बझाङ जिल्लाको सुर्मा गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका लगायत सबै ठाउँमा साउन २५ गते अर्थात औंसि गते सुर्मा देवि बिरिजात मेलाको बादा सुरुभएका थिए। त्यसैको १२ दिन पछि सुर्मा देविको पुजाआराधनाको लागि बझाङ जिल्लाका विभिन्न ठाउँबाट तिर्थालु तथा भक्तजनहरु सुर्मा सरोवर पुगेका थिए । त्यस्तै सुर्मा सरोवरको यात्रा पछि फर्केर हिजो सुर्मा गाउँपालिकामा पुगेका थिए ।

आज सुर्मा गाउँपालिका बाट हिडेर सबै भक्तजनहरु आफ्नो ठाउँ तिर लागेका छन् ।”सुर्मा सरोवर पुगेका स्थानीय भक्तजनहरुले भने ” सुर्मा सरोवरको यात्रा रमाईलो भयो, सामाजिक दुरि कायम र स्वास्थ सुरक्षा मापदण्डको पालना गरि पुजापाठ सकिएर हिजो सुर्मा गाउँपालिका फर्केका हौं । त्यस्तै, आज छबिस पाथिभेरा गाउँपालिकाको खोरी र घट्या गाउँका तिर्थालुहरु गाउँ पुगेर विभिन्न मन्दिर “माणु” मा पुजापाठ गरेको हो । यस्तै भोलि छबिस -७ बुडखोरमा रहेको सुर्मा “माणु”मा पुजाआराधना गरि दिउँसो मजखोरी स्कुलमा बिरिजात मेला सुरु हुने छ ।

बिरिजात मेलामा विभिन्न खेलकुद कार्यक्रम र देउडा खेल हुने गरेको स्थानिय जीवन मण्डेलले बताउनु भयो । सुर्मा देविको बादा सुरु हुने बित्तिकै खान रोक लगाएका मासु,लसुन भोलि देखि खाने गर्दछन् मण्डेलले बताउनु भयो ।

यता वडा अध्यक्ष पदम बहादुर मण्डेलले, सामाजिक तथा भौतिक दुरि कायम गरि, स्वास्थ सुरक्षा मापदण्डको पालना गरि सुरु भएको बिरिजात मेलामा सामान्य पुजाआराधना गरिने बताउनु भयो  ।

त्यस्तै मेलामा जाँड, रक्सी पुर्ण रुपमा बन्देज गरिएको र कोहि कसैले नियमको उल्ल्घंन गर्नेलाई कडा कानुनी कार्बाही गरिने पनि उहाँले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार