खप्तडका पर्यटन पुर्वाधार अलपत्र , संरक्षण गर्ने निकायको चरम लापरवाही (फोटो फिचर )

निकुञ्ज भन्छ संरक्षणको दायित्व हाम्रो होईन

  शैलेन्द्र रोकाया  199 पटक हेरिएको


बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तडमा निर्माण भएका पर्यटकिय पुर्वाधारहरु संरक्षणको अभाबमा अलपत्र परेका छन् । खप्तड क्षेत्रमा निर्माण पर्यटकिय पुर्वाधारहरु उचित संरक्षण सम्र्बधन नहुँदा अलपत्र परेका हुन् ।
खप्तड क्षेत्रको बिकासका लागी बर्षेनी करोडौ बजेट बिनियोजन भई बर्षेनी पुर्वाधार निर्माण गरिदै आएको भएपछि ति निर्माण भएका पुर्वाधारहरुको संरक्षण नहुदा गाई , भैसी तथा घोडाहरुको बास स्थानमा परिणत भएका छन् । खप्तड क्षेत्रमा निर्माण भएका पर्यटक गेस्ट हाउस प्रतिक्षालय, भ्यू टावर,सौचालय , धर्मशाला, जडिबुटीको अनुसन्धानका लागी बनाईएका बारहरु साथै मन्दीरहरु संरक्षण नहुदा केही भत्की सकेका छन् भने केही भत्कने अबस्थामा पुगेका छन् । दिन प्रतिदिन आबस्यकता एका तिर पुर्वाधारहरु निर्माण अर्को तिर भएपनि तिनीहरुको संरक्षणमा कसैको चासो छैन् । खप्तडको बिच टापुमा रहेको खप्तड बाबाको कुटीको पछाडी पट्टी समेत चुहिने अबस्थामा हुनुका साथै छानामा राखेका केही स्लेटहरु समेत झरेका छन् ।

यसका साथै खप्तड बाबाले प्रयोग गर्ने सौचालयको समेत लथालिङ हुनका साथै बाबाले प्रयोग गर्दै आएको पानीको धारा समेत जिर्ण बनेर नाम निसाना समेत नरहने अबस्थामा पुगेको छ ।


खप्तड ब्यारेक तथा त्रिबेणी क्षेत्रमा बनेका झण्डै एक दर्जन भन्दा बढी पर्यटकिय आवास गृह तथा धर्मशालाहरु भवनका टिनका छाना समेत हावाले उडाएर फालेका छन् भने केही भवनहरुका ढोका समेत खुल्लै भएका गाई गोरुले दिशा पिसाव गरि फोहर बनाएका छन् । यसका साथै केही भवनका वालहरु समेत चर्केका छन् । खप्तड क्षेत्रमा पर्यटकहरुलाई थकाई मेटाउन बनाएका अधिकाशं प्रतिक्षालयहरुमा राखेका टिनहरु हावाले उडाएर फालेका छन् भने केही प्रतिक्षालयहरुमा गाई भैसीले दिसा पिसाव गरि फोहर अबस्थामा छन् । खप्तडका पाटनमा रहेका अग्ला थुम्काहरुमा बनाईएका पर्यटकिय भ्यू टावरका काठले बनाएका बल्लीहरु समेत कुहिने अबस्थामा पुगेका छन् । खप्तड क्षेत्रमा पर्यटकहरुका लाई साईन राखेका बोर्डहरु समेत नाम निसाना नहुने गरि हराएका छन् ।

बर्षेनी खप्तडको बिकासका लागी करोडौ बजेट बिनियोजन हुने गरेको भएपनि त्यहाँको आबस्यकता अनुसार भौतिक पुर्वाधार निर्माण हुन नसक्दा जथाभाबि पाटनहरु काटेर बनाएका भवन तथा पुर्वाधारले खप्तडको स्वारुपलाई नै बिगारेको स्थानीयको भनाई छ । निर्माण भएका पुर्वाधारहरुलाई ब्यवस्थित गर्न नसकि फेरि पुर्वाधारको बिकासमा लगानी गर्नु ब्यर्थ भएको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले बताउनुभयो । उहाँले अहिले सम्म बनेका पुर्वाधारहरुलाई मात्र पनि ब्यवस्थित बनाई संरक्षण संम्बर्धन मात्र गर्न सकेको खण्डमा यहाँ अरु भवन निर्माण बनाउन जरुरी नभएको बताउनुभयो ।


खप्तड क्षेत्रको संरक्षणको लागी नेपाली सेनाको २ सय १८ जना दरबन्दी रहेको गुल्म समेत छ , यसका साथै ७३ जना निकुञ्जका कर्मचारी दरन्दी र खप्तड पर्यटन बिकास समिती , मध्यवर्ती क्षेत्र संरक्षण समिती लगायत झण्डै ३ सयको हाराहरीमा कर्मचारी छन् । तर यहाँको पुर्वाधारहरुको संरक्षणमा सबै निकायहरु मौन छन् ।

निकुञ्ज भन्छ संरक्षणको दायित्व हाम्रो होईन

खप्तड राष्ट्रिय निकुञ्जका रेन्जर केदार दासले यी पर्यटकिय पुर्वाधारहरुको संरक्षण गर्ने दाहित्व निकुञ्जको नभई पर्यटन बिकास समितीको भएको समेत बताउनुभयो । उहाँले निकुञ्जको जैबिक विबिधता ,बन्यजन्तुका साथै जडिबुटीको मात्र संरक्षण गर्ने दायित्व भएको बताउनुभयो ।
बर्षेनी खप्तड राष्ट्रिय निकुञ्जले खप्तड घुम्ने पर्यटकहरुबाट प्रति ब्यक्ति एक सय रुपयाँ प्रबेश शुल्क लिएर मात्र बर्षेनी २५ देखि ३० लाख सम्म रकम असुल हुने गरेको छ । यसको संरक्षण , सम्बर्धनका लागी भने निकुञ्जले पन्छिन नमिल्ने यहाँका स्थानीयबासीको भनाई छ । खप्तड मध्यवर्ती क्षेत्रका स्थानीयबासी गजेन्द्र रावलले भन्नुभयो , कित निकुञ्जले शुल्क उठाउनु भएन यदी बर्षेनी ३० लाख पर्यटन शुल्क उठाउने संरक्षण गर्ने जिम्मा हाम्रो होईन भन्नु गैर जिम्मेबारी भएको समेत बताउनुभयो । यता खप्तड क्षेत्र पर्यटन बिकास समितीका अध्यक्ष भिम बहादुर खड्काले खप्तड क्षेत्रमा बनेका पर्यटकिय पुर्वाधारहरुको संरक्षण गर्ने जिम्मा निकुञ्ज , समिती , नेपाली सेना र मध्यवर्ती क्षेत्र बिकास समिती सबैको भएको बताउनुभयो । उहाँले बिगत चार पाँच बर्ष देखि खप्तड पर्यटन बिकास समिती पदाधिकारी बिहिन रहेकाले यस्तो भएको बताउँदै अब तत्कालै यसको संरक्षणका लागी योजना बनाएर अगाडी बढ्ने बताउनुभयो । उहाँले निकुञ्जले हाम्रो दायित्व होईन भन्न नमिल्ने समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार