एक करोड रुपयाँ बरावरको आलु उत्पादन, कोल्ड स्टोरमा राख्नका लागी कैलाली लगिदै

  खप्तड समाचारदाता  158 पटक हेरिएको

बझाङ । बझाङ जिल्लाको दुई वटा गाउँले झण्डै एक करोड रुपयाँ बरावरको आलु उत्पादन गरेको छ । जिल्लाको बुंगल नगरपालिका १ र २ दहबगरका दुई गाउँले यस बर्ष झण्डै एक करोड रुपयाँ बरवरको आलु उत्पादन गरि कोल्ड स्टोरमा राख्नका लागी कैलालीको पहलमानपुरमा पठाई रहेको छ ।
आलुको पकेट क्षेत्र निर्धारण गरि गएको आर्थिक बर्षमा आलु नमुना गाउँ बनाएर स्थानीयले २५ लाख मुल्य बरावरको आलु खेती गरेका थिए । बर्षेनी आलुको अभावमा चर्को मुल्य हालेर किन्न पर्ने यहाँका स्थानीयको बाध्यता भने यस बर्ष अन्त्य भएको हो । कृषी ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेक बिष्टले भन्नुभयो, यस बर्ष बुंगल नगरपालिकाका दुई गाउँबाट मात्र झण्डै ४ हजार ५ सय क्युन्टल आलु उत्पादन भई जिल्लामा कोल्ड स्टोरको अभाव भएका कारण कैलालीको पहलमानपुरमा कोल्ड स्टोरमा राख्नका लागी झण्डै ६० लाख रुपयाँ मुल्यको आलु पठाई रहेका छौ । उहाँले यस बर्षमा सबै पालिकाहरुमा आलुको उत्पादन राम्रो भएका कारण बजारमा आलुको मुल्य दर घटनुका साथै आलुको बजार माग समेत केही हद सम्म परिपुर्ती गर्ने बताउनुभयो । उहाँले जिल्ला भरि यस बर्षमा मात्र ७०० देखि ८०० सय मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको समेत बताउनुभयो । मुख्य मन्त्री एकिकृत कृषी तथा पशुपक्षि नमुना गाउँ कार्यक्रम प्रदेश सरकारबाट अनुदान पाएपछि ब्यवसायिक आलुखेती गरिएको थियो । गएका बर्षहरुमा आलुको अभाब भई रहने बझाङ जिल्लामा यस बर्ष भने गाउँ गाउँमा आलुको उत्पादन बृद्धि भएपछि एक बर्ष सम्म जिल्लामा आलुको अभाव नहुने अनुमान गरिएको छ । बुंगल नगरपालिका १ का स्थानीय कृपा जाग्रीले भन्नुभयो, हामीले आलु त राम्रै उत्पादन गरेका छौ, तर जिल्ला भित्र कोल्ड स्टोर नहुँदा मह·ो भाडा तिरेर बाहिर जिल्ला पठाउनु परेको छ । उहाँले भन्नुभयो, सरकारबाट अनुदान पाएपछि आफुहरुले यस बर्ष मात्र झण्डै एक करोड रुपयाँ कमाएका्े बताउनुभयो । उहाँले यस खेतीमा लागेका किसानहरुले आफुहरुले प्रयाप्त मात्रमा आलु तरकारीका लागी समेत राखेर बाँकी बिक्री गरेको समेत बताउनुभयो । यस बर्ष दुर्गाथली गाउँपालिका ५ थलीसैनमा समेत तरकारी नमुना गाउँबाट झण्डै ५० क्युन्टल आलु उत्पादन भएको बताइएको छ ।
पछिल्लो समयमा कृषी क्षेत्रमा सरकारी अनुदान बढे संगै कृषी माफियाँहरु समेत बढेको गुनासो समेत सुनिन थालेको छ । पहुँचका आधारमा अनुदान ल्याएर झारो टार्ने हिसावले काम गरेर सरकारी पैसा पचाउने परिपाटीको समेत बिकास भई रहेको स्थानीयको गुनासो छ । केही ठाउँमा नमुना योग्य काम भएको मएपनि अधिकाशं ठाउँहरुमा भने अनुदानको दुरुयोग भई रहेको कृषी संग सरोकार राख्ने निकायको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार