मृतकका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स द्धारा बिमा वाफतको रकम हस्तान्तरण

अशोक खडका असार २४  । बझाङमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विमितका परिवारलाई बिमा वाफतको रकम प्रदान गरेको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनिमा बझाङको तल्कोट गाँउपालिका ५ का ईश्वर धरालाले १ लाख ५० हजारको १५ बर्षे जीवन बिमा गरेका थिए ।

धरालाले जीवन विमाको दुई किस्ता बाफत २० हजार रुपैया जम्मा गरेका थिए । विमित धरालाको २०७६ को कात्र्तिक महिनामा घाँस काटने क्रममा भिर बाट लडेर ज्यान गएको थियो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले मृतकका परिवारलाइ विमा रकम उपलब्ध गराएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शाह र अधिकर्ता रुपा सिंहले मृतकका बुबा हरिलाल धरालालाई तीन लाख १२ हजार ९ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । छोराले संसार छोडेर गएपनि जीवन विमा गरेकाले बुढेस कालको साहारा बनेको विमितका बुबा हरिलाल धरालाले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार