घरेलु तथा साना उद्योग कार्यलय बझाङले आलु पकेट क्षेत्रमै गएर आलु चिप्स बनाउने तालिम संचालन गर्दै

रुपक खड्का बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका- ७ भामचौर र काँडाचौर बासिलाइ घरेलु कार्यलय बझाङले ७ दिने आलु चिप्स बनाउने तालिम संचालन गरेको छ ।

सिप नै धन हो भन्ने मुल नाराका साथ उक्त गाउँका बेरोजगार युवा,महिलालाइ सिप हस्तान्तरण दिँदै आईरहेको छ ।केदारस्युँ गाउँपालिकाको बिकट मानिने भामचौर लगाएतका क्षेत्रमा धान ,मकै,भटमास इत्यादि नफल्दा त्यहाँका नागरिकहरुले आलु खेतीमा मात्र बढी जोड दिएको देखिन्छ ।

तर आलु धेरै उत्पादन भएपनि बजारसम्म पुर्याउन करिब ४/५ घन्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताउने गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयले आलु चिप्स बनाउने सिप सिकाउदा आफ्नो उत्पादनलाइ प्याकेजिङ गरि स्थानीय बजारमा बिक्रि गर्दा घरखर्च चलाउन सहज भएको तालिममा सहभागी बिस्ना धामिले बताइन ।

७ दिने तालिम बाट १५ जना ब्यक्तीहरुले आलुचिप्स बनाउन सिकेको प्रशिक्षक बोहोराले बताए। पछील्लो समय घरेलु कार्यलयले गरिबिको चपेटामा परेका समुदायको जिबनस्त्तर उकास्न आफ्नो टोलि दुर्गमका कुनाकन्दरामा गएर सिप संचालन गरेको कर्मचारी दशरथ जप्रेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार