हाम्रो बझाङ बचाउ अभियानद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  खप्तड समाचारदाता  155 पटक हेरिएको

बझाङ । कोरोना भाईरसको दोस्रो लहरको संक्रमण फैलि रहेका बेला बझाङका केही युवाहरुले आर्थिक संकलन गरेर स्वास्थ्य सामाग्री खरिद गरेर जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गरेको छ । बझाङ बचाउ अभियान कार्यक्रम बनाएर जिल्लाका केही युवाहरुले आर्थीक संकलन गरि दुई लाख ३ हजार बरावरको स्वास्थ्य सामाग्री बितरण गरेको हो ।
कोरोना भाईरसको दोस्रो लहरको संक्रमण फैलि रहेका बेला अभियान मार्फत कोरोनाको अग्र भागमा खटिने सुरक्षाक्रर्मी , पत्रकार र जिल्ला अस्पाताल बझाङलाई स्वास्थ्य सामाग्री दिएको हो । एक कार्यक्रमका बिच जिल्ला अस्पतालका प्रमुख सन्दिप ओखेडालाई दुई सय थान एन्टिजेन किड , एक थान अक्सीजन कन्सन्ट्रेटर र माक्स तथा सेनिटाईजर बितरण गरेको छ भने पत्रकार तथा सुरक्षक्रर्मीहरुलाई माक्स तथा सेनिटाईजर बितरण गरेको हो । टोलीले वडा प्रहरी कार्यालय , सशस्त्र प्रहरी बलको कार्यालय , जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघलाई माक्स तथा सेनिटाईजर हस्तान्तरण गरेको छ । बझाङ बचाउ अभियानका अभियान्ता नरेन्द्र खड्काले यस्तो महामारीको बेला मनमिल्ने साथीहरु मिलेर सहयोग गर्न पाउदा निकै खुशी लागेको बताउनुभयो । उहाँले केही हद सम्म भएपनि स्वास्थ्य क्षेत्रमा राहत मिलेको समेत बताउनुभयो । त्यस्तै जिल्ला अस्पताल बझाङका प्रमुख सन्दिप ओखेडाले यस्तो महामारीका बेला अस्पतालमा एन्टिजोन किडको अभाव भई रहेका यस्तो पुण्ड काम गर्नु आफैमा राम्रो काम भएको बताउनुभयो । उहाँले यस्ता सहयोगी तथा मनकारी ब्यक्तिहरुको सहयोगले स्वास्थ्यक्रर्मी तथा कोरोना संक्रमितहरुलाई थप राहत मिलेको बताउनुभयो । यस अभियानमा अभियान्ता नरेन्द्र खड्का , मदन एस के, बिनोद सिंह , लक्ष्मीराज जोशी , रामचन्द्र रोकाया ,रबिन बिसी , स्याम नेपाली लगायतका युवाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार