पत्रकार महासंघ बझाङले दियो कोठा भाडामा बस्ने पत्रकारहरुलाई राहत

  खप्तड समाचारदाता  585 पटक हेरिएको

बझाङ । कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन फैलि रहेका बेला अग्रभागमा रहेर काम गर्ने जिल्लाका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ बझाङ शाखाले बितरण गरेको छ । बिहिबार जिल्ला सदरमुकाम चैनपुरमा कोठा भाडामा लिएर बसि रहेका पत्रकारहरुका लागी पत्रकार महासंघ बझाङ शाखाले समन्वय गरेर साईपाल गाउँपालिका धुली घर भएका राम बहादुर बोहराले दिनु भएको राहत सामाग्री बितरण गरिएको हो ।
निषेधाज्ञाका कारण समास्यमा परेका पत्रकारहरुलाई लक्षित गरेर महासंघले १४ जना पत्रकारहरुलाई प्रति ब्यक्ति १२ किलोग्राम चामल बितरण गरेको छ । महासंधका अध्यक्ष शेलेन्द्र रोकायाले भन्नुभयो, हामी पत्रकारहरुको हक हितका लागी निरन्तर रुपमा बिभिन्न निकाय ब्यक्तिहरु संग समन्वय गर्दै राहतका कार्यक्रमका गर्दै आएको छौ । पहिलो चरणमा साईपालका स्थानीय समाजसेबी रामबहादुर बोहराले सहयोग गर्नुभएको चामल सबै भन्दा बढी समस्या भएका कार्य समिती भन्दा बाहिरका साथीहरुलाई बितरण गरेका छौ र अन्य निकाय संग समन्वय गरेर यस कार्यलाई निरन्तरता दिने समेत बताउनुभयो । गएको हप्ता महासंघले सबै रेडियोमा गएर स्वास्थ्य सामाग्री बितरण गर्नुका साथै पत्रकारहरुका समस्याका बारेमा समेत छलफल गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार