सप्रोस नेपालद्धारा पत्रकार महासंघ बझाङ लाई कार्यालय सामाग्री हस्तान्तरण

  खप्तड समाचारदाता  645 पटक हेरिएको

बझाङ । बझाङ जिल्लामा लामो समय देखि भौतिक पुर्वाधार, जिबिकोपार्जन र आयआर्जनको क्षेत्रमा काम गर्दै अई रहेको सप्रोस नेपाल नामक गैर सरकारी संस्थाले नेपाल पत्रकार महासंघ बझाङ शाखालाई कार्यालय सामाग्रीहरु हस्तान्तरण गरेको छ । बिहिबार सप्रोस नेपालका कैलाली जिल्ला संयोजक चन्द्र बहादुर सिंहले कार्यालयमा प्रयोजनमा आने बिभिन्न सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।
सप्रोस नेपालको बझाङ जिल्लामा कार्यक्रम समाप्त भएपछि लामो समय देखी कार्यालयमा प्रयोग भएका बिभिन्न समाग्रीहरुलाई नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायालाई हस्तान्तरण गर्नु भएको हो । कार्यालय सामाग्रीमा काठका दाराज ३ थान, काठका धर्राबाला टेबल ३ थान , काठका कुर्ची २ थान, आराम बेन्च १ थान, कम्प्युटर टेबल एक थान, ह्वाईट बोर्ड र सुचना पाटी एक एक थान महासंघलाई दिएको पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले बताउनुभयो । उहाँले महासंघलाई सहयोग गर्ने सप्रोस नेपाल गैरसरकारी संस्थालाई धन्यबाद दिदै आगामी दिनमा सहयोग समेत आदान प्रदान गर्ने समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार