बैतडीमा जिप दुुर्घटन : चालक सहित तीनजना घाइते

  सुनिल मण्डेल  152 पटक हेरिएको

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका वडा नं ८ विन्द्रावनमा सोमबार बिहान से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा परेको हो । बिरामी पुर्याएर धनगढीबाट बझाङका लागि हिडेको जिप सडकबाट करीब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

जिप दुर्घटना हुँदा जिप चालक बझाङको वित्थडचीर गाउँपालिका वडा नं ४ का २३ बर्षीय चन्द्र अधिकारी, बझाङको केदारस्युँ गाउँपालिका ३ का १९ बर्षीय सुनिल खाती र केदारस्युँ गाउँपालिका वडा नं २ का २५ बर्षीय भानुभक्त रावल घाइते भएका छन् । घाइते मध्ये चालक अधिकारीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक खड्काले बताए । जिपमा चालक सहित तीन जना मात्रै सवार रहेको बताइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको सिद्धेश्वर स्वास्थ्य चौकी खोड्पेमा प्राथमिक उपचार पछि रेफरको तयारी भएको उनले बताए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार