एकैदिन सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितको मृत्यु

  सुनिल मण्डेल  226 पटक हेरिएको

धनगढी: बिहीबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका ६, कञ्चनपुरका ३, अछाम र बझाङका एक/एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो। संक्रमण पुष्टि भएको १२ घण्टामै उनको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलाली लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

आजै कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनमा कोभिड संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार