बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  सुनिल मण्डेल  167 पटक हेरिएको

बझाङ : बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका-५ का एक ५५ वर्षिय पुरुष रहेका छन् । उनको आज बिहान जिल्ला अस्पताल बझाङमा मृत्यु भएको हो ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि बाहिर रेफर गर्ने तयारी गर्दागर्दै उनको मृत्यु भएको बताईएको छ । योसँगै जिल्लामा दोस्रो लहर अन्तर्गत कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार