बझाङमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

  सुनिल मण्डेल  116 पटक हेरिएको

बझाङ : बझाङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बझाङका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिनुभयो ।

संक्रमित भारतको तामिललाडु बाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो ।

सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिए पछि थप उपचारको लागि कोहलपुर लिदै गर्दा बाटोमै मृत्यु भएको समेत फोकल पर्सन जोशीले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार